Incident Reports

यौन दुव्यर्वहार घटनाका आरोपित गिरफ्तार

2019-10-14

Bagmati, Lalitpur, Lalitpur, Ward 3

१६ वर्षीया बालिकालाई यौन दुव्यर्वहार गरेको आरोपमा प्रहरीले लम्जुङ जिल्ला मर्स्याङ्दी गाउँपालिका-४ घर भइ ललितपुर जिल्ला ललितपुर महानगरपालिका ३, पुल्चोक बस्ने ७० वर्षीय टेकबहादुर अधिकारीलाई असोज २८ गते गिरफ्तार गरेको छ ।

महानगरीय प्रहरी परिसर जावलाखेलका एसपी दुर्गा सिंहका अनुसार पीडित बालिकालाई आरोपितले असोज २७ गते यौन दुव्यर्वहार गरेको पीडित बालिकाको आरोप छ ।

पीडित बालिकाले असोज २७ गते नै महानगरीय प्रहरी परिसर जावलाखेलमा उजुरी दिएपछि आरोपितलाई खोजी गरी असोज २८ गते बिहान ललितपुर महानगरपालिका ३, स्थित आरोपितको डेराबाट गिरफ्तार गरिएको एसपी सिंहले बताइन् ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज २८ गते नै पाटन अस्पताल ललितपुरमा गरिएको अस्पतालले जनाएको छ ।

दीपकप्रसाद घिमिरे

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments