Incident Reports

महिलामाथि यौन दुर्व्यवहारको प्रयास l

2013-12-01

Province 1, Morang, Uralabari

Dipen Neupan गोविन्दपुर गाविस-१ की एकजना २५ वर्षीया महिलालाई उर्लाबारी गाविस-२ स्थित पञ्चावती हस्पिटलका प्राविधिक ३५ वर्षीय मनोज चौधरीले स्वास्थ्य परीक्षणका क्रममा मङ्सिर १६ गते यौन दुर्व्यवहारको प्रयास गरेका छन् । पीडितको पत्थरी रोगसम्बन्धी एक्स-रे गर्ने क्रममा ती प्राविधिकले यौन दुर्व्यवहारको प्रयास गरेका हुन् । इलाका प्रहरी कार्यालय उर्लाबारीका असई युवराज बस्नेतले मौखिक जानकारी आएकाले घटनाबारे हस्पिटलसँग सोधपुछ गरी अनुसन्धान थालिएको बताए । ती महिलाका पति मोहमद करिम मुल्लाहाले पत्नीलाई उपचार गर्न अस्पताल आएको समयमा सो घटना भएको बताए । उनले कानुनी कारबाही गर्न प्रहरीमा उजुरी दिनुपर्छ भन्ने आफूलाई थाहा नभएको उनको भनाइ छ । स्थानीय पत्रकार तेजन खड्काले प्रहरीमा उजुरी दिन पीडित पक्षलाई सल्लाह दिएको बताए । दीपेन नेउपाने

0 Comments

Related Reports
Related Trend Analysis