Incident Reports

निजगढमा १२ वर्षीय बालकको शङ्कास्पद मृत्यु

2019-06-29

Madhes, Bara, Nijgadh, Ward 8

 दुई दिन अघि सम्पर्कविहीन भएका १२ वर्षीय बालक सोमवार बिहान मृत अवस्थामा फेला परेको छ । बारा निजगढ नगरपालिका–१२ कुलिया घर भई हाल सोही नगरपालिका–८ खयरघारीमा डेरा गरी बस्दै आएका शङ्कर घिमिरेका छोरा सविन घिमिरे मृत अवस्थामा फेला परेको निजगढ प्रहरीले जनाएको छ । सविन शनिवार दिउँसो करीब २ः३० बजे साइकल लिएर घरबाट बाहिर निस्केपछि सम्पर्कविहीन भएका थिए । सोही दिन साँझसम्म छोरो सम्पर्कमा नआएपछि खोजी कार्य शुरू गरेको आमा दुर्गा घिमिरेले बताइन् । 

“शनिवारको दिन त्यस्तै २ः१५ बजेको समय थियो । दुबई जानुभएका पति, सविनको बुवाले फोन गर्नुभयो । बुवासँग कुरा गर भनेकी थिएँ । दुई मिनेटभित्र फर्कन्छु ममी, तपाई कुरा गर्दै गर्नु भनेर छोरो सविन साइकल लिएर डेराबाट निस्किएको थियो । फेरि फर्केर आएन”—आमा दुर्गा घिमिरेले गला अवरुद्ध पार्दै भनिन् ।

घरबाट करीब ८ सय मिटरको दूरीमा रहेको बकैया खोलामा उनको शव स्थानीयले देखेंपछि प्रहरीलाई खबर गरेका थिए । उनकी सानी आमा र दाइलगायत आफन्तले सो शव सविनकै भएको यकीन गरेका छन् । “मेरो जस्तै धागोको डोरोको माला घाटीमा लगाएको छ भाइ सविनले”— दाजु सन्देशले भने । माला, कपाल कटाइ लगायत अन्य हुलिया मिलेपछि सो शव सम्पर्कविहीन सविनकै भएको यकीन भएको इलाका प्रहरी कार्यालय, निजगढका प्रहरी निरीक्षक विक्रम लामाको पनि अनुमान छ ।

“शवको प्रकृति हेर्दा पनि निजगढ प्रहरीमा जानकारी आएको सविनसँग मेल खान्छ”—प्रनि लामाले बताए । सो शव आजै पोस्टमार्टमका लागि चन्द्रनिगाहपुर लैजाने निजगढ प्रहरीले जनाएपनि शवको अवस्था शङ्कास्पद देखिएपछि आफन्तले खोलाबाट साँझसम्म शव उठाउन मानेका छैनन् । 

घटनाबारे इप्रका निजगढमा पीडित आफन्तहरूले गहिरो अनुसन्धान गर्न प्रहरीसँग छलफल गरेकोले शव नउठाइएको बुझिएको छ । उनले लगाएका भित्रि वस्त्र कट्टु मात्र फेला परे पनि अन्य कपडा र साइकलको पत्तो अझै लागेको छैन । शवको प्रकृति खोलामा डुबेर मृत्यु भएकोजस्तो नलागेपछि शङ्कास्पद देखिएको घटनास्थल पुगेका आफन्त र केही स्थानीयको अडकल छ ।

 पोस्टमार्टम रिपोर्टपछि मात्र घटनाको प्रकृति खुल्न सक्ने बारा प्रहरीको भनाइ छ । उनी निजगढ–८ श्री गौरीशङ्कर मावि कक्षा ७ मा अध्यायन गर्दै थिए । घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय बाराको टोली पनि बिहानै घटनास्थल आइपुगेको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Local Newspaper - Parsa

0 Comments