Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2019-10-10

Province 1, Solukhumbu, Khumbupasanglahmu

१८ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मकवानपुर जिल्लाको चिसापानी गाँउपालिका–४ का २० वर्षीय विशाल थिङ्ग र सिन्धुपाल्चोक जिल्ला साँगाचोक चौतारागढी गाउँपालिका–११ का १९ वर्षीय महेश तामाङलाई गिरफ्तार गरेको छ ।

खुम्बु क्षेत्रमा रहेको एक होटलमा कार्यरत उनीहरूलाई पीडितको उजुरीका आधारमा असोज २९ गते गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयमा इन्स्पेक्टर उत्तम कार्कीले बताए ।

आरोपितहरूले असोज २३ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडितले प्रहरीमा उजुरी दिएपनि खुम्बु क्षेत्र पुग्न ३/४ दिन लाग्ने भएकाले ढिलो गरी गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

आरोपितहरूले भने होटलमा काम गर्ने विषयमा झगडा भएपछि युवतीले यौन दुर्व्यवहारको आरोपमा प्रहरीमा उजुरी दिएको बताएका छन् । पीडित युवतीको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असोज २९ गते गरिएको छ ।

भोजराज कार्की

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments