Incident Reports

चन्द समूहद्वारा काभ्रेका ४ ठाउँमा विस्फोट

2019-10-20

Bagmati, Kabhrepalanchok, Mahabharat

काभ्रे — नेत्रविक्रम चन्द समूहले जिल्लाको विकट मानिने महाभारत गाउँपालिकाको ४ स्थानमा विस्फोट गराएको छ । साविक बुढाखानीको साल्मे, ब्रामनटार, बुढाखानी डाँडा र सिपालीडाँडामा सिलिण्डर विस्फोट गराएको हो ।

 स्थानीयका अनुसार चन्द समूहका कार्यकर्ताले त्रसित नहुन आग्रह गर्दै गाउँपालिका कार्यालयमा समेत विस्फोट गराउने चेतावनी दिएका छन् । जिल्ला प्रहरी प्रमुख एसपी जयराज सापकोटाले प्राप्त सूचनाका आधारमा प्रहरी निरीक्षको टोली घटनास्थलमा परिचालन गरेको जानकारी दिए । ‘केही पड्किएको सूचना आएपछि प्रहरी परिचालन गरेका छौं, विस्तृत बुझिरहेका छौं,’ उनले भने । यातायातको सहज पहुँच नभएको गाउँपालिकाको केन्द्रसम्म पुग्न १६/१७ घण्टा पैदल हिँड्नुपर्ने बाध्यता छ । चन्द समूहले विकट क्षेत्रमा गतिविधि सञ्चालन गरिरहेको छ । जिल्लाको खानीखोला गाउँपालिकाबाट यसअघि चन्द समूहका नेता हेमन्तप्रकाश वलीसहितका केन्द्रीय नेतालाई पक्राउ गरिएको थियो । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Other political issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media

0 Comments