Incident Reports

धारिलो हतियार छुरा प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

2019-10-20

Province 1, Sunsari, Dharan, Ward 17

सुनसरी, ४ कात्तिक  धरान उपमहानगरपालिका-१७ मंगलबारे टेम्के मार्ग बस्ने २२ वर्षीय लोकेन्द्र राई र २२ वर्षीय सईन्द्र राईलाई धारिलो हतियार छुरा प्रहार गरेको अभियोगमा ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धरान उपमहानगरपालिका-१० बस्ने २४ वर्षीय समी राई, धरान उपमहानगरपालिका-१८ बस्ने २७ वर्षीय तुल बहादुर राई र धरान उपमहानगरपालिका-११ बस्ने १८ वर्षीय अबिराज राई रहेका छन् । टेम्पोको भाडाको बिषयलाई लिएर उनीहरुले छुरा प्रहार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले छुरा प्रहार गर्ने तीनै जनालाई पक्राउ गरेको हो । छुरा प्रहारबाट घाइते भएका दुवै जनाको घोपा अस्पताल धरानमा उपचार भइरहेको छ ।       यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 2
Youth Injured 2
Police website , Local Newspaper - Morang , Local Newspaper - Jhapa

0 Comments

Related Reports