Incident Reports

मानवअधिकार आयोगको निष्कर्ष : कुमार पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर गोली हान्यो

2019-10-21

काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले प्रतिबन्धित नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर मारेको ठहर गरेको छ ।

स्थलगत अनुसन्धानपछि सोमबार बसेको आयोगको बैठकले यस्तो निकालेको  हो । पौडेल  सर्लाहीको लालबन्दी नगरपालिकास्थित जंगलमा गत असार ४ गते मारिएका थिए। 

प्रहरी ‘इन्काउण्टर’ मा मारिएको दाबी सुरक्षा निकायको थियो। आयोगले घटनामा प्रत्यक्ष संलग्न प्रहरी र उक्त टोलीको नेतृत्व गरेका प्रहरी अधिकारीविरूद्ध मुद्दा चलाउन सरकारलाई निर्देशन दिने निर्णय गरेको छ ।

 आयोगको स्थलगत अनुसन्धानबाट पौडेललाई ९ गोली हानी मारिएको र दोहोरो भीडन्त वा आत्मरक्षाको अवस्था कतैबाट पुष्टि नभएको प्रतिवेदनमा उल्लेख छ। 

अनुसन्धानका क्रममा आयोगले बारम्बार ताकेता गर्दा पनि शव परीक्षण (पोष्टमोर्टम) र प्रहरी प्रतिवेदन नपाएपछि तीनदिने म्याद तोकेर प्रहरी प्रधान कार्यालयलाई दुवै प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो।  यस्तो छ आयोगको विज्ञप्ति




0 Comments