Incident Reports

उद्योगमन्त्री यादवविरुद्ध आफ्नै कार्यकर्ताले गरे प्रदर्शन

2019-10-20

Madhes, Siraha, Karjanha

सिरहाको कर्जन्हामा शुभकामना आदानप्रदान र सामुदायिक रेडियोको उद्घाटन गर्न आएका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले आफ्नै नेता–कार्यकर्ताको विरोधको सामना गर्नुपरेको छ । कर्जन्हा नगरका ११ मध्ये ६ वटा वडाका वडाध्यक्ष, वडासदस्य, नेकपाका करिब एक दर्जन जिल्ला सदस्यसहित स्थानीय नेता–कार्यकर्ताको समूहले आइतबार बस्तीपुर बजारमा मन्त्री यादवविरुद्ध प्रदर्शन र कोणसभा गरेका हुन् । 

बस्तीपुर बजारमा बिहान ११ बजेदेखि भेला भएका असन्तुष्ट नेता–कार्यकर्ताको विरोध प्रदर्शन रोक्न इलाका प्रहरी कार्यालय मिर्चैया र जिल्लाबाट समेत थप नेपाल प्रहरी र सशस्त्र प्रहरी मगाइएको थियो । यद्यपि, विरोध प्रदर्शन र कोणसभा गरिएको कर्जन्हा–६ का वडाध्यक्ष जगदीश महतोले बताए । 

पार्टीको नेता र मन्त्रीभन्दा गुटको प्रतिनिधित्व गरेर कर्जन्हा आएकाले बाध्य भएर विरोध गर्नुपरेको नेकपाका स्थानीय नेता रामअवतार राईले बताए । ‘स्थानीये निर्वाचनपछि नगरका मेयरले गुटको आडमा बहुमत जनप्रतिनिधिलाई छलेर काम गरिरहेका छन्,’ उनले भने, ‘सिंगो पार्टीलाई सबल बनाउनेभन्दा मन्त्रीले मेयरलाई मात्र काखी च्यापेर अगाडि बढ्न खोजेपछि विरोध गरिएको हो ।’

कर्जन्हा नगरपालिकाको आयोजनामा दशैँ, तिहार र छठको सन्दर्भमा शुभकामना आदानप्रदानसँगै सामुदायिक रेडियो गंगाजल ८७.८ मेगाहर्जको उद्घाटन गर्न मन्त्री यादव आइतबार करिब २ बजेतिर बस्तीपुर आइपुगेलगत्तै असन्तुष्ट नेता–कार्यकर्ताले विरोध गरेका हुन् । ‘कार्यकर्तालाई झुक्याउन मन्त्री चढ्ने गाडीलाई अगाडि पठाएर आफूचाहिँ निजी नम्बर प्लेटको गाडीमा आएका रहेछन्,’ कर्जन्हा–७ का वडाध्यक्ष जयप्रकाश चौधरीले भने, ‘तैपनि नाराबाजी, विरोध र कोणसभा ग-यौँ ।’

विवादको जरो विद्यालयमा रेडियो सञ्चालन

‘जनप्रतिनिधिलाई छलेर नगरको स्रोत अपारदर्शी ढंगले लगानी गरी सञ्चालन गरिएको रेडियोको विषयमा कैयौँपल्ट प्रश्न ग-यौँ, तर मेयरले आलटाल गरे,’ कर्जन्हा–२ का वडाध्यक्ष गणेशकुमार अधिकारीले भने, ‘नगरको सर्वसम्मत निर्णयका आधारमा रेडियो विद्यालयबाहिर सञ्चालन गर्न सुझायौँ, तर बेवास्ता गरियो ।’ कर्जन्हा–११ स्थित जनसेवा मावि भवनको एउटा कोठामा स्टुडियो निर्माण गरी १ असोजदेखि परीक्षण प्रसारण प्रारम्भ भएको रेडियोको मन्त्री यादवले आइतबारदेखि विधिवत् उद्घाटन गरेसँगै विरोध सुरु भएको छ । 

बालबालिका पढ्ने विद्यालयमा रेडियो सञ्चालन गर्दा दैनिक पठनपाठनमा अवरोध पुग्ने भए पनि मेयरले मन्त्रीबाट नै उद्घाटन गराएर विरोधीहरूलाई ‘मन्त्री नै आफ्नो पक्षमा रहेको’ देखाउन खोजेको वडाध्यक्ष अधिकारीको आरोप छ । 

नगरपालिकाले रेडियो सञ्चालनका लागि विद्यालयको कोठा उपलब्ध गराउन पत्र पठाएपछि २० चैत ०७५ मा तत्कालीन विद्यालय व्यवस्थापन समितिले निर्णय गरेर कोठा दिइएको प्रधानाध्यापक लक्ष्मी हायूले बताए । ‘विद्यालयमा रेडियो चलाउँदा पठनपाठनमा बाधा पुग्दैन ?’ भन्ने प्रश्नमा हायूले भने, ‘दैनिक पठनपाठनमै बाधा पुग्यो भने नगरले विकल्प खोज्ला नि ।’ 

शिक्षा विकास तथा समन्वय इकाइ सिरहाका प्रमुख विजयकुमार मण्डलले विद्यालयमा रेडियो सञ्चालन गरिएको विषयमा आफूलाई थाहा नभएको बताए । ‘विद्यालय हाताभित्र सञ्चालन गरिएको रेडियोले दैनिक पठनपाठनमा कस्तो असर पु¥याउँछ, त्यसको खोजबिन गरिनेछ,’ प्रमुख मण्डलले भने ।

 

 

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Demonstration
Weapons None
Primary Cause Contestation over non-elective positions and influence
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Left Alliance (CPN-MC, UML & others)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth noyouth
National/Online Media , Local Newspaper - Siraha

0 Comments