Incident Reports

बालिका बलात्कार गरेको कसुरमा ११ वर्ष कैदको फैसला

2019-04-30

Lumbini, Bardiya, Gulariya, Ward 5

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा गुलरिया नपा–५ का १९ वर्षीय अरुण थारुलाई कात्तिक ३ गते बर्दिया जिल्ला अदालतले दोषी ठहर गरी ११ वर्ष जेल सजाय तोकेको छ ।

पीडित बालिकालाई ७५ हजार रुपियाँ क्षतिपुर्ति दिनुपर्ने फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश शंकरराज बरालको इजलाशले उक्त फैसला गरेको श्रेष्तेदार यमप्रसाद बास्कोटाले बताए ।

पीडित पक्षले वैशाख १७ गते बलात्कार गरेको भन्दै अरुण थारुविरुद्ध पीडित पक्षले वैशाख १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

थारुलाई वैशाख १७ गते प्रहरीले गिरफ्तार गरी अनुसन्धानका लागि हिरासतमा राखेकोमा बर्दिया जिल्ला अदालतको जेठ २ गते पुर्पक्षका लागि जिल्ला कारागार पठाएका थियो ।

फैसला पछि थारुलाई कैद सजाय भुक्तानका लागि जिल्ला कारागार गुलरियामै रहेको बर्दिया जिल्ला अदालतका श्रेष्तेदार यमप्रसाद बास्कोटाले बताए ।

मानबहादुर चौधरी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments