Incident Reports

बालिकालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा एक जना पक्राउ

2019-10-18

Madhes, Mahottari, Mahottari

६ कात्तिक, जनकपुरधाम । महोत्तरीमा जबरजस्ती करणीको प्रयास गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको महोत्तरी गाउँपालिका निवासी ३५ बर्षीय रुदल यादवलाई बालिकासँग जर्वजस्ती करणी गर्न खोजेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गत कात्तिक १ गते दाउरा ल्याउन वनतर्फ जान लागेकी १३ बर्षीया बालिकालाई बाटोमा रोकेर रुदलले करणीको प्रयास गरेको प्रहरीले जनाएको छ । बाटोमै लडाएर जर्वजस्ती करणी गर्न खोजेको भन्दै बालिकाले प्रहरीमा उजुरी दिएपछि उनलाई पक्राउ गरिएको महोत्तरी प्रहरीले जनाएको छ ।

रुदलले आफूलाई लडाएपनि हँसियाले आक्रमण गर्न खोजेपछि उनी भागेको बालिकालाई उदृत गर्दै प्रहरीले जनाएको छ । प्रहरीमा जाहेरी दिनुअघि रुदलले आफ्नी आमालाई समेत निर्घात कुटेको बालिकाले बताएकी छन् । घट्नाबारे गाउँमा बोलेको भन्दै रुदलले बालिकाको आमामाथि चिर्पट प्रहार गर्दै घाइते समेत बनाएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका रुदललाई जिल्ला अदालत महोत्तरीबाट सात दिनको म्याद थप गराई अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments