Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-10-17

Gandaki, Lamjung, Marsyangdi, Ward 5

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मर्स्याङदी गाउँपालिका-५ बस्ने २२ वर्षीय धनराशी बिकलाई कात्तिक ४ गते मर्स्याङ्दी गाउँपालिकाको खुदीबजारबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज ३० गते बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक ३ गते जिल्ला प्रहरी कार्यालय, लमजुङमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरेर हिरासतमा राखी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, लमजुङका डिएसपी रविन्द्रमान गुरुङले जानकारी दिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक ४ गते जिल्ला सामुदायिक अस्पताल, लमजुङमा गरिएको प्रहरीले जनाएको छ ।

दलबहादुर मजाकोटी


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments