Incident Reports

ढुंगाले किचेर श्रीमतीको हत्या गर्ने युवक पक्राउ

2019-10-30

Province 1, Sunsari, Dharan, Ward 15

१४ कात्तिक, धरान । धरानका एक युवकले टाउकोमा ढुंगाले प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् । श्रीमतीको हत्यापछि फरार भएका उनलाई प्रहरीले घटना भएको ४ घण्टापछि पक्राउ गरेको छ ।

धरान नगरपालिका वडा नम्बर १५ निवासी अञ्दाजी २३ वर्षीय युवक अर्जुन राईले बुधबार राति आफ्नी श्रीमतीको टाउकोमा ढुंगा प्रहार गरेर हत्या गरेका हुन् ।

धरान-१५ खोरिया बस्ती नजिकै सेउती खोलाको डीलमा लगेर उनले श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनास्थलबाट मृतक २० वर्षीया जीना तामाङको शव बरामद गरेको छ । श्रीमतीको हत्या गरी फरार भएका राईलाई सेउती खोलाको पुल नजिकैबाट राति साढे ११ बजेतिर पक्राउ परेका छन् ।

सामान्य ज्याला मजदुरी गरी खाने अर्जुन र जीनाको ५ वर्षअघि किशोरावस्थामै प्रेम विवाह भएको थियो । साथमा ४ वर्षकी छोरी छिन् ।

पछिल्लो समयमा अर्जुन बेरोजगार थिए । श्रीमान-श्रीमतीबीच झगडा भइरहने गरेकाले जीना प्रायः सेउतीखोला पारि पानवारीमा रहेको माइतीघरमै बस्दै आएकी थिइन् । श्रीमानले मोवाइलमा कसैको फोन आउँदा पनि अनेकथरी शंका गरेर गाली गर्ने गरेको जीनाले निकटस्थहरुलाई बताउने गरेकी थिइन् ।

भाइटीकाको भोलिपल्ट अर्थात् बुधबार मात्रै जीना घर आएकी थिइन् । तर, राति ८ बजेतिरै उनको हत्याको खबर टोलमा फैलिएको स्थानीय बताउँछन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media , Local Newspaper - Sunsari

0 Comments