Incident Reports

अवैध सम्बन्धको शंकामा हत्या

2019-10-20

Karnali, Jajarkot, Bheri, Ward 1

जाजरकोट — अनुकूलको तयारी भएकाले यो पटकको तिहार रमाइलो हुन्छ भन्ने उनलाई लागेको थियो । भेरी नगरपालिका–१, पिपेकी लीला रानाले तिहारको लागि रोटी पकाइवरी माइत जाने तयारी गरिसकेकी थिइन् ।

 रुकुमपश्चिमको सानेभेरी–१ पक्र्‍याँमा रहेका भाइ तिलक रानापनि दिदीको प्रतीक्षामा थिए । तर गत आइतबार बिहान लिलाको जीवनलीला नै समाप्त भयो । २० महिनाअघि मस्तिष्क पक्षघातबाट श्रीमान गुमाएकी उनी मृत फेला परिन् । उक्त दिन बिहान ७ बजे घाँस काट्न जंगल गएकी उनी दिउँसोसम्म नफर्केपछि खोजी सुरु भएको थियो । ‘आमा नफर्केपछि खोज्न जाँदा मुलपानी खोलामा आमाको शव भेटियो,’ छोरा परशुरामले भने, ‘सुरुमा त लडेर मृत्यु भएको होला भन्ने भयो, पछि बुझ्दै जाँदा हत्या भएको रहेछ भन्ने खुल्यो ।’ ४८ वर्षीया लीलाको हत्या भएकोबारे तीन दिनपछि मात्र खुलेको हो । सुरुमा परशुरामसहित सबैले भीरबाट लडेर मृत्यु भएको शंका गरेका थिए । उनले घाँटीमा लगाएको २ तोला सुनको सिक्री र आधा तोला सुनको कानबाली फेला नपरेपछि खोज्न जाने क्रममा लडेर मृत्यु नभई हत्या भएको खुलेको हो । भीर नभएको नाक्चेडाँडा खरबारीमा यत्रतत्र रगत देखिएपछि हत्याको शंका गरिएको उक्त वडाका वडाध्यक्ष दीपक रानाले बताए । उनका अनुसार घटनास्थलमा जमिनबाट ढुंगा उखेलिएको, ढुंगामा रगत लागेको, चार पुला खर काटेर छाडेको, सोही ठाउँमा हँसिया र मोबाइल फेला परेको थियो । ‘त्यसपछि त हामीलाई कसैले हत्या नै गरेको हो भन्ने ठम्याउन गाह्रो भएन,’ उनले भने, ‘यही जानकारी प्रहरीलाई दिएपछि घटनाको थप पर्दाफास भयो ।’

प्रहरीका अनुसार लीला र आफ्ना श्रीमानबीच अवैध सम्बन्ध रहेको भन्दै ४५ वर्षीय सगुनीले हत्याको योजना बनाएकी थिइन् । लीला जंगल गएको थाहा पाएपछि सगुनी पनि बिहान करिब ९ बजेतिर उतै गएकी थिइन् । उनले लिलालाई दुईपटक फोन गरे पनि रिसिभ भएन । ‘जंगलमा खोजतलास गरेर भेटाउने बित्तिकै कन्चटमा हँसियाले प्रहार गरिन्, त्यसपछि लखेटेर हत्या गरिन्,’ सगुनीको प्रारम्भिक बयान सुनेपछि प्रहरी निरीक्षक केशर कार्कीले भने, ‘हत्याबारे थाहा नहोस् भनेर भीरमा खसेजरी खोलामा फ्याँकिदिइन् ।’ हत्यापछि लीलाको सिक्री र कानको बाली घटनास्थलकै एउटा ढुंगामा लुकाएर राखेको खुलेको छ । छोरा परशुरामले सगुनीविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका छन् । पक्राउ गरी अनुसन्धान सुरु गरिएको कार्कीले जानकारी दिए । उनका अनुसार सगुनीले आफ्ना श्रीमान बलबहादुरसँगको अवैध सम्बन्धको कारण हत्या गरेको बयान दिएकी छन् । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments

Related Reports