Incident Reports

मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार

2019-10-30

Lumbini, Rupandehi, Tillotama, Ward 10

२० वर्षीया युवतीलाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारतको बाटो हुँदै कुवेत पुर्‍याएको आरोपमा प्रहरीले तिलोत्तमा नपा–१० का ३५ वर्षीय ध्रुव परियारलाई कात्तिक ११ गते तिलोत्तमाबाटै गिरफ्तार गरेको छ ।

अर्का आरोपित तिलोत्तमा नपा–१० माइती घरभई बुटवल उमनपा–११ बुद्धनगर बस्ने ४० वर्षीया उषा परियार फरार रहेको प्रहरीले जनाएको छ ।

आरोपितद्वयले पीडित युवतीलाई ०७३ फागुनमा भारतको बाटो हुँदै कुवेत पु¥याएर बेचेको र कुवेतमा आफूमाथि विभिन्न किसिमका यातना दिने गरेको र भागेर दुतावासको सहयोगमा नेपाल फर्केको भनी पीडित युवतीले कात्तिक ११ गते जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा उजुरी दिएकी थिइन् ।

पीडितले दिएको उजुरीका आधारमा कारवाही अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी खडकबहादुर खत्रीले बताए ।

पीडित युवतीको स्वास्थ्य परीक्षण कात्तिक ११ गते नै भिम अस्पताल भैरहवामा गरिएको र फरार आरोपितको खोजी कार्य भइरहेको प्रहरीले जनायो ।

रीमा बि.सी.

0 Comments