Incident Reports

सदरमुकाम क्षेत्रमा बम विष्फोट, मतदान केन्द्रमा समेत बम l

2013-11-17

Gandaki, Myagdi, Beni

Ghanashyam Khadka म्याग्दी । ०७० मङ्सिर ३ गते, आसन्न संविधान सभा निर्वाचन बहिष्कारमा रहेको ३३ दलीय मोर्चाको नेतृत्व गरिरहेको नेकपा-माओवादीले मङ्सिर २ गते राती करिव १० बजे सदरमुकम बेनीबजार नजिकै बम विष्फोट गराएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार खवराको भीरको जङ्गलमा बम विष्फोट गराएको हो । विष्फोट गरिएको वस्तु सिलिण्डर बम भएको अनुमान छ । घटनामा कुनै भौतिक तथा मानवीय क्षति भएको छैन् । त्यसैगरी नेकपा-माओवादीले घतान गाविसको राष्ट्रिय माध्यामिक विद्यालय, नेप्टेचौर दिपक मावि, पात्लेखेत, महेन्द्र मावि झिं लगायतका मतदान केन्द्रमा शंकास्पद बस्तु 'बम' राखेको प्रहरीले जनाएको छ । माओवादीले बेनी-दरवा सडकको बाबियाचौर खण्डको भाईवाङ्गखोलाको पक्की पुलमाथी पनी शंकास्पद बस्तु 'बम' राखेको छ । मतदान केन्द्रहरूमा राखिएको शंकास्पदत वस्तु डिस्पोजल गर्न सदरमुकामबाट नेपाली सेना समेतको टोली र सडकको विष्फोक पदार्थ डिस्पोज गर्न दरवाङ्ग स्थित सेनाको क्षेत्रिय निर्वाचन पोष्टबाट सेना घट्नास्थल पुगेको छ । माओवादीले महेन्द्र मावि झिंमा निर्वाचनमा खटिएका कर्मचारी बसेको विद्यालय भवनको छानामा समेत ढुङ्गा प्रहार गरेका थिए । माओवादीले जनकल्याण मावि पुलाचौरमा ग्याँस सिलिण्डर विष्फोट गराउने प्रयास गरेपनि नपड्केको प्रहरीले जनाएको छ । घनश्याम खड्का

0 Comments

Related Reports