Incident Reports

बारामा ४ वर्षीया बालिकामाथि जबरजस्ती करणीको प्रयास, ५० वर्षे आरोपी फरार

2019-10-30

Madhes, Bara, Adarshkotwal

बाराको आदर्श कोतवाल गाँउपालिकास्थित चार वर्षीया  बालिकामाथि जबरजस्ती करणीको प्रयास गरिएको छ ।

आदर्श कोतवाल ४ ईनरवाका अन्दाजी ५० बर्षका शेख ईसराईलले स्थानीय चार वर्षीया बालिकालाई करणीको प्रयास गरेको प्रहरीले जनाएको छ ।

शेख ईशराईल काठको घर बनाउने मिस्त्री हुन् । बुधबार आफ्नै गाउँ ईनरवामा एक व्यक्तिको घर निर्माण गरिरहेका थिए ।

काम गर्ने क्रममा घरधनीका अन्य सदस्य बाहिर गएको मौका छोपी ईशराईलले सोही घरकी बालिकालाई करणीको प्रयास गरेको र बालिका रोए कराएपछि आरोपी फरार भएको प्रहरीले जनाएको छ ।

बारा प्रहरी प्रवक्ता डिएसपी रंजितशिंह राठौरले घटनाको पुष्टी गर्दै पिडिताको जिल्ला अस्पताल कलैयामा बुधवार साँझ स्वास्थ परीक्षणसमेत भइसकेको जानकारी दिएका छन् ।

घटनाबारे थप अनुसन्धान भईरहेको तथा  फरार घटनाका आरोपी शेख ईहराईलको खाजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments