Incident Reports

विप्लवका २ जिल्ला सदस्य पक्राउ

2019-08-05

Gandaki, Tanahun, Ghiring

प्रहरीले नेत्र विक्रम चन्द नेतृत्वको विप्लव समूहका दुई जना कार्यकर्तालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्ला कमिटी सदस्य गणेश थापा र धनबहादुर राना छन्। उनीहरुलाई आबुखैरेनी र घिरिङ गाँउपालिकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख विनोद सिलवालले जानकारी दिए। उनले तनहुँमा एनसेल टावरमा आगजनी गर्ने, विभिन्न सरकारी कार्यालय तोडफोड गर्ने, समाजमा आतंक सृजना गर्ने, जनप्रतिनिधि धम्क्याउने, चन्दा आतंक मच्चाउने र अराजक गतिविधि संचालन गर्नेको खोजी तीव्र पारिएको जानकारी दिए।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 2
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Kaski

0 Comments