Incident Reports

एनसेल टावरमा आगजनी

2019-07-31

Lumbini, Palpa, Rampur, Ward 1

रामपुर नगरपालिका १, गाडाकोट चिहानडाँडामा रहेको एनसेल टावरमा अज्ञात समूहले मट्टितेल खन्याएर आगजनी गरेको छ।

टावरको क्याबिनेट कनेक्सन बीटीएस तारमा जुटको बोरामा मट्टीतेल छर्किएर आगजनी गरिएको थियो। आगजनीका कारण टावरमा क्षतिपुगेको र बीटीएससम्म पुग्ने कनेक्सन तारमा आगो लगाउँदा टावरको सेवा अबरुद्ध भएको इलाका प्रहरी कार्यालय रामपूरका प्रहरी निरीक्षक भुपालसिंह खाम्चाले बताए ।

बुधवार राति आगजनी भएको बताइए पनि कति बजे, कसले टावरमा आगो लगाएको हो भन्ने विषयमा जानकारी हुन सकेको छैन। प्रहरीले नेकपा विप्लव नेतृत्वका कार्यकर्ताबाट घटना भएको हुन सक्ने अनुमान गरेको छ। विप्लवका कार्यकर्ताले देशभरी नै एनसेनका टावरमा आक्रमण गरेका छन् ।

बुधवार रातिसमेत विभिन्न जिल्लाका टावरमा आक्रमण भएको छ। प्रहरीले घटनाका विषयमा अनुसन्धान गरिरहेको जनाएको छ।

उता तनहुँको धिरिङगाँउपालिका २ घुर्मीछापमा रहेको एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेको छ। विहीबार राति करिब १२ बजेको समयमा आगजनी गरिएको थियो। आगजनीबाट ब्याट्री र कन्ट्रोल हाउसमा पूर्णरूपमा क्षति पुगेको घिरिङ गाँउपालिकाका अध्यक्ष रनबहादुर रानाले बताए।  जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख विनोद सिलवालले घटना बारे अनुसन्धान भैरहेको जानकारी दिए। आगजनीको जिम्मेवारी कुनै पनि समूहले लिएको छैन।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Local Newspaper - Kaski

0 Comments