Incident Reports

समाजवादी र कांग्रेस कार्यकर्ताबिच झडप, सात जना घाइते

2019-10-30

Madhes, Dhanusha, Chhireshwornath, Ward 10

क्षिरेश्वरनाथ नपा–१० स्थित रमदैयामा नेपाली कांग्रेस र सङ्घीय समाजवादी पार्टीका कार्यकताहरूबिच कात्तिक १३ गते राति झडप हुँदा सात जना घाइते भएका छन् ।

शुभ विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नं. ४ द्वारा आयोजित शुभकामना आदानप्रदान तथा चियापान समारोह सकेपछि सामान ओसार्ने क्रममा विवाद हुँदा झडप भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्स्पेक्टर अमिर दाहालले जानकारी दिए ।

झडपमा परेर घाइते हुनेहरूमा नेपाली कांग्रेसका कार्यकर्ता रामहृदय यादव, सुकदेव यादव, रामबहादुर यादव, अमरेशकुमार यादव रहेका छन् । समाजवादी पार्टीका कार्यकताहरू श्याम यादव, उमेश यादव, र सन्तोष यादव सो झडपमा परी घाइते बएका छन् ।

घाइते सुकदेव यादवका अनुसार कार्यक्रम सम्पन्न भएपछि कार्यकर्ता ओसार्ने क्रममा आफ्नो घर अगाडि नाम तोकेरै उत्श्रृङ्खल नारा लगाउँदै जाँदा उनीहरूलाई सम्झाउने क्रममा विवाद भएको बताएको थियो ।

सामान्य झडप भएको थियो तर केही समयमै करिब २०–२५ जनाको समूहमा आएका नेपाली कांग्रेसका कार्यकर्ताले वादविवाद गर्न थालेपछि झडपले ठुलो रूप लिएको थियो ।

नेपाली कांग्रेसका कार्यकर्ता रामबहादुर यादवका अनुसार कार्यक्रम सम्पन्न भएपछि कार्यक्रम स्थलमा लगाइएको टेण्टको सामान ओसार्ने क्रममा आफ्नो कार्यकर्तालाई बिच बाटोमा समाजवादी पार्टीका कार्यकताहरूले अवरोध गरेपछि झडप भएको हो ।

झडपमा घाइते भएका उनीहरूको उपचार कात्तिक १३ गते राति नै जानकी मेडिकल कलेज तथा शिक्षण अस्पतालमा गरिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

दीपेन्द्रप्रसाद सिंह

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Contestation between rival political parties outside elections
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 20
Actor 2 - Affiliation Madhes-based Parties
Actor 2 - Youth unknown
Total Injured 7
INSEC , Local Newspaper - Dhanusha , Local Newspaper - Mahottari

0 Comments