Incident Reports

एमाओवादी आक्रमणबाट पाँच एमाले कार्यकर्ता घाइते l

2013-11-17

Bagmati, Rasuwa, Kalika

Hemnath Khatiwada रसुवा । ०७० मङ्सिर ३ गते, धैबुङ्ग गाविस-९ जिविजिवेका नेकपा एमाले धैबुङ्ग गाउँ कमिटी अध्यक्ष ६४ वर्षीय चिरन्जीवी पौडेल, ३५ वर्षीय अर्जुनप्रसाद पौडेल, २५ वर्षीय सानु पौडेल, ५० वर्षीय देवप्रसाद पौडेल र ४८ वर्षीय नेत्रप्रसाद पौडेललाई एमाओवादी कार्यकर्ताहरूले मङ्सिर २ गते राति ११ बजे घरमा सुतिरहेको अवस्थामा आक्रमण गरेका छन् । स्थानीय अर्जुन देवकोटा र नारायण देवकोटाको नेतृत्वमा आएको टोली एक्कासि घरभित्र पसेर आक्रमण गरेको घाइतेका छोरा हरिशरण पौडेलले बताए । उनका अनुसार ३०/३५ जनाको रड, खुकुरी, भाला लिएर आएको समूहले आक्रमण गरेको थियो । घटनामा पाँच जना घाइते भएको र संलग्न अपराधीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये चार जनाको नुवाकोट पञ्चकन्या सामुदायिक अस्पतालमा उपचार भयो । घाइते चिरन्जिवीको भने काठमाणडौको बसुन्धारास्थित ग्रिन सिटी अस्पतालमा आईसियुमा उपचार भइरहेको छ । हेमनाथ खतिवडा

0 Comments

Related Reports