Incident Reports

नेकपा इटहरीको कार्यालयमा तालाबन्दी

2019-08-29

Province 1, Sunsari, Itahari

नेकपाको इटहरी उपमहानगर कमिटीको कार्यालयमा बिहीबार बिहान ११ बजे तालाबन्दी गरिएपछि नेकपामा भित्रभित्रै मौलाइरहेको असन्तुष्टि सतहमा आएको छ।

पार्टी कार्यालयमा साबिक एमालेको सुनसरी क्षेत्र नम्बर २ का सदस्य सुजन लामा र युवा सङ्घ सुनसरीका सदस्य राजेश राईको नेतृत्वमा तालाबन्दी गरिएको हो । नेकपा इटहरीको पार्टी नेतृत्व अलोकतान्त्रिक ढङ्गबाट अगाडि बढेको भन्दै युवा नेताले तालाबन्दी गरेका हुन् । योग्य नेता तथा कार्यकर्तालाई पाखा लगाएर समायोजन र नातावादलगायतका अन्य विभिन्न बहानामा पार्टीमा अयोग्य व्यक्तिलाई नेतृत्व दिइएको भन्दै तालाबन्दी गरिएको बताइएको छ । उनीहरूले सूचना नै टाँसेर पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् ।

साबिक एमालेको प्रदेश इञ्चार्ज रहेका भीम आचार्य अहिले नेकपाका पनि प्रदेश इञ्चार्जकै रूपमा कार्यरत छन् । आचार्यले पारिवारिक नाताभित्रका र पार्टीमा वरियता क्रममा तल रहेका काशीनाथ दङ्गाललाई नेकपा इटहरीको सचिव बनाएपछि नेकपामा विवाद देखिएको हो।

इटहरीमा साबि एमालेले सचिव र माओवादीले अध्यक्ष पाएर समायोजन भए पनि साबिक एमालेका कार्यकर्ता प्रदेश इञ्चार्जप्रति रुष्ट छन् । समायोजन अगाडिको एमाले नेतृत्वका अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिव र निर्वाचित सदस्य हुँदाहुँदै सचिवालय सदस्य भएकाहरूलाई बेवास्ता गर्दै मनोनित सदस्य हुँदै सचिवालय सदस्यमा पनि मनोनित भएका दङ्गाल एकाएक नेकपा इटहरीको सचिव बन्न पुगे।

खोटाङबाट इटहरी आएको छोटो समयमै इटहरी ९ को जनता माविको सञ्चालक समितिको अध्यक्ष उनलाई बनाइएपछि साबिक एमालेमा खटपट शुरु भएको थियो। 

सूचना टाँसेर तालाबन्दी

इटहरीको नगर कमिटी अपारदर्शी र मापदण्ड विपरीत अगाडि बढेको भन्दै तालाबन्दी गरिएको त्यहाँ टाँसिएको सूचनामा उल्लेख छ। इमानदार र प्रतिबद्ध कार्यकर्तालाई उपेक्षा गरेर गरिएको समायोजनको निर्णय सच्याउन माग गरिएको छ । सो सूचनामा मापदण्ड पुगेका कार्यकर्तालाई नगर कमिटीमा राख्न माग गरिएको छ । मनपरी ढङ्गले गरिएको समायोजन प्रक्रियामा नेताहरूले कार्यकर्तासामु आत्मालोचना गरी अन्य मागहरू पूरा नगरेसम्म तालबन्दी नखुल्ने बताइएको छ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Left Alliance (CPN-MC, UML & others)
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Left Alliance (CPN-MC, UML & others)
Actor 2 - Youth na
Local Newspaper - Sunsari

0 Comments