Incident Reports

तीन वर्षीय भदा भाइको हत्या गरेको आरोपमा फूपु गिरफ्तार

2019-11-02

Bagmati, Nuwakot, Belkotgadhi, Ward 12

बेलकोटगढी नपा–१२ देउराली लामाटोलका तीन वर्षीय सुजन रानामगरको हत्या गरेको आरोपमा प्रहरीले २८ वर्षीया फूपु पार्वती रानामगरलाई कात्तिक १५ गते गिरफ्तार गरेको छ ।

घरमा कोही नभएको बेलामा आफ्नै भाइ नवराजको छोरा सुजनको घाँटीमा खुर्पा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विष्णु फुयाँलले जानकारी दिए । बालकको मृत्यु घटनास्थलमै भएको थियो ।

शवको पोष्टमार्टमका लागि त्रिशूली जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नवदीप श्रेष्ठ

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
INSEC

0 Comments