Incident Reports

गुल्मीमा ३ जनाको शव फेला

2019-11-02

Lumbini, Gulmi, Chatrakot, Ward 3

कार्तिक – गुल्मीको चन्द्रकोट गाउपालिका ३ हर्राचौरमा तीन जनाको शव फेला परेको छ । एक महिला र दुई बालिकाको शव शनिबार फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

महिलाकाे शव भेटिएकाे स्थानवाट एउटा बालिकाको शव दुई सय मिटर र अर्को बालिका दुई सय ३० मिटरको दुरीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक मीन बहादुर घलेले जानकारी दिएका छन ।

महिला अन्दाजी २७ र बालिकाहरु एउटा अन्दाजी ७ र अर्को ११ बर्षको रहेको घलेले बताए । घटना स्थल सरमुकाम तम्घासबाट साढे ५ घन्टाको सवारी दुरीमा रहेको प्रहरीले जनाएको छ ।

अहिले इलाका प्रहरी कार्यालय चन्द्रकोटको टोली घटनास्थल पुगेको छ । भने जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक राजकुमार रावलको नेतृत्वको प्रहरी टोलि घटना स्थल तर्फ लागेको प्रहरी नायब उपरीक्षक घलेले जानकारी दिए। घटनाको बारेरेमा थप अनुसन्धान सुरु भएकाे प्रहरी उपरीक्षक राजेन्द्र सिहं खड्काले बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people N
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 3
Female Killed 3
Youth Killed 2
National/Online Media , Local Newspaper - Rupandehi , Local Newspaper - Dang

0 Comments