Incident Reports

सर्लाहीमा खुकुरी हान्ने एक जना पक्राउ

2019-11-02

Madhes, Sarlahi, Kabilasi, Ward 8

१७ कात्तिक, काठमाडौं । आपसी विवादको क्रममा खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा सर्लाही प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

कबिलासी नगरपालिका-८ बस्ने २७ वर्षीय जयकुमार साहलाई शनिबार साँझ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा सोही ठाउँ सलेमपुर बस्ने २१ वर्षीय दिपेश यादबलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

दिपेश, सोही ठाउँ बस्ने २० वर्षीय पप्पु भन्ने राकेश यादब र २३ वर्षीय रितेश यादबको पुरानो रिसीइबीको बिषयलाई लिएर जय कुमारसँग झगडा हुँदा उनीमाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ । घाइते जयकुमारलाई उपचारको लागि जिल्ला अस्पताल मलंगवा लगिएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय हरिपुरबाट खटिएको प्रहरीले दिपेशलाई खुकुरीसहित पक्राउ गरेको छ । घटनामा संलग्न राकेश र रितेश भने हाल फरार रहेकाले उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
National/Online Media , Police website , Local Newspaper - Dhanusha

0 Comments

Related Reports