Incident Reports

घाँटी रेटिएको अवस्थामा युवतीको शव फेला, पहिचान खुलेन

2019-11-03

Madhes, Parsa, Thori, Ward 5

ठोरी गाउँपालिका–५ सुवर्णपुरको ठुलोबाघमोर्चा भन्दा उत्तर राष्ट्रिय बनको झाडीमा अन्दाजी १८ वर्षीया युवती मृत अवस्थामा फेला परेकी छिन । गोठालाहरूले देखेर हल्ला गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

गहुँगोारे वर्णकी किशोरीको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी गौतम थापाले बताए ।

रातो साडी लगाएको र पैतला रङ्गिएको युवतीको शव झाडीमा फेला परेको सुपवर्ण प्रहरी चौकीका असई निलराज काफ्लेले जानकारी दिए ।

उनका अनुसार युवतीको घाँटीमा धारिलो हतियारले काटिएको छ । तर, घटनास्थल वरपरमा हतियार फेला नपरेको उनले बताए । युवतीको वर्ण र पहिरनले तराई मुलको जस्तो देखिने उनले बताए ।

घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान सुरू गरेको डिएसपी थापाले बताए । प्रहरीले युवती हराएको सम्बन्धमा कुनै उजुरी प्रहरी कार्यालयमा परे/नपरेको समेत खोजी गरिरहेको थापाले बताए ।

केसी लामिछाने

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people N
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
INSEC , Local Newspaper - Saptari

0 Comments