Incident Reports

प्रहरीको कुटाइबाट सर्वसाधारण घाइते

2019-11-01

Karnali, Kalikot, Pachaljharana, Ward 4

पचालझरना गाउँपालिका–४ का ६० वर्षीय गजेन्द्रबहादुर बमलाई इलाका प्रहरी कार्यालय पचालझरका इञ्चार्जसमेत रहेका सई पुष्प कठायतको टोलीले कुटपिट गरी घाइते बनाएका छन् ।

पीडित बमलाई गाउँमा होहल्ला गरेको आरोपमा प्रहरीले कात्तिक १५ गते गिरफ्तार गरी प्रहरी चौकीमा हातगोडा बाँधेर चरम यातना दिनुका सुाथै बाँसको चिर्पटले कुटपिट गरेको पीडितले आरोप लगाएका छन् ।

प्रहरीको कुटाइबाट पीडितको ढाड, छातिमा चोट लागेका कारण उपचारका लागि नेपालगञ्ज लगिएको पीडितकी पत्नी चल्ली बमले बताएकी छन् ।

घटनाका बारेमा जिल्ला प्रहरी कार्यालय कालिकोटका निमित्त प्रहरी प्रमुख इन्स्पेक्टर यक्षराज जोशीले प्रहरीले यातना नदिएको बताए । यदि त्यस्तो भएको रहेछ भने कुटपिट गरी यातना दिने प्रहरीलाई कारबाही गरिने बताए ।


कालीबहादुर मल्ल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Torture
Weapons Blunt weapon
Primary Cause Violence in prisons (violence by correction officers, prisoners etc.)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 14
INSEC

0 Comments

Related Reports