Incident Reports

घरेलु हिंसा घटनाका आरोपित गिरफ्तार

2019-10-30

Karnali, Kalikot, Raskot, Ward 5

रास्कोट नपा–५ स्युनाकी २० वर्षीया धिरेन्द्र बम शाहीलाई कुटपिट गरेको आरोपमा प्रहरीले १९ वर्षीय पति शेरबहादुर शाहीलाई कात्तिक १७ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले कात्तिक १३ गतेदेखि दैनिक रूपमा गालीगलौज र कुटपिट गर्ने गरेको भन्दै पीडितले कात्तिक १७ गते जिल्ला प्रहरी कार्यालय, कालिकोटमा उजुरी दिएकी थिइन् ।

पीडित महिलाले न्याय पाउँ भन्दै उजुरी दिएपछि उजुरीका आधारमा आरोपितलाई घरबाटै गिरफ्तार गरी अनुसन्धानका लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय, कालिकोटका इन्स्पेक्टर यक्षबहादुर जोशीले जानकारी दिए ।

कुटपिटबाट घाइते भएकी पीडित महिलाको उपचार कात्तिक १७ गते बेलुकीबाट जिल्ला सदरमुकाम मान्म स्थित आविष्कार मेडिकलमा भइरहेको छ ।

कालीबहादुर मल्ल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
INSEC

0 Comments