Incident Reports

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

2019-11-01

Province 1, Solukhumbu, Sotang, Ward 1

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता महाकुलुङ्ग गाउँपालिका–१ का ३७ वर्षीय ङिमा शेर्पालाई प्रहरीले कात्तिक १५ गते गिरफ्तार गरेको छ ।

शेर्पालाई प्रहरीले सोताङ्ग गाउँपालिका–१ पावैबाट गिरफ्तार गरेको जनाएको छ । दुई दिनको अनुसन्धानपछि शेर्पा सो पार्टीको कार्यकर्ता भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर उत्तम कार्कीले बताए ।

अनुसन्धानका क्रममा आरोपित पूर्व लडाकु भएको र उनको साथबाट चन्दा सङ्कलन गरेको रसिद, पेस्तोलमा प्रयोग हुने पाँच थान गोली, दुई ओटा मोवाइल फोन र आठ ओटा सिमकार्ड बरामद गरेको इन्स्पेक्टर कार्कीले बताए ।

भोजराज कार्की

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments