Incident Reports

घरेलु हिंसाका कारण घाइते भएकी महिलाको उपचार हुँदै, आरोपित फरार

2019-11-02

Bagmati, Sindhuli, Dudhouli, Ward 4

दुधौली नगरपालिका–४ हटियाकी ३० वर्षीया आशा सदालाई ३२ वर्षीय पति रितु सदाले पाकिरहेको माछाको तरकारीको झोलमा अनुहार डुबाएर घाइते बनाएको पीडित पक्षको आरोप छ ।

पीडित महिलालाई कात्तिक १६ गते दिउँसो खाना पकाउँदै छिमेकीहरूसँग गफ गरिरहेकी सदालाई रितुले तरकारीमा मुख डुबाइदिएपछि घरमै थुनेर फरार भएका छन् ।

उनको उपचार सिन्धुली अस्पतालमा भइरहेकोे छ । कात्तिक १६ गते नै घटना घटे पनि उनलाई कात्तिक १७ गते मात्र छिमेकीको सहयोगमा सिन्धुली अस्पतालमा ल्याइएको हो ।

उपचारका लागि आर्थिक अभाव भएका कारण स्थानीयले केही रकम सङ्कलन गरी उपचारका लागि सिन्धुली ल्याएका हुन् । उनको साथमा आशाकी आमा मङ्गली सदा र दिदी गिता सदा उपचारका लागि आएका छन् ।

घाइते आशाको अनुहार ढडेको छ । तातो तरकारीको झोलमा डुबाइएकी आशाको स्वास्थ्य अवस्था गम्भीर रहेको उपचारमा संलग्न डाक्टरले बताएका छन् ।

मनोसामाजिक परामर्शकर्ता सर्मिला राउतले घटना थाहा पाएपछि उद्धार गरेको बताइन् । आशा कात्तिक १७ गते बिहान राउतलाई भेट्न गएपछि मात्र घटना बारेमा थाहा पाएको राउतले बताइन् ।

उनका अनुसार डकाहा स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि स्थानीयसँग पैसा उठाएर अस्पताल ल्याइएको हो । उनका जुम्ल्याहा एक वर्षका छोरा र अन्य दुई जना छोराछोरी गरी चार जना सन्तान छन् ।

पीडितको उपचार सिन्धुली अस्पतालमा नहुने भएपछि अस्पतालले काठमाडौँ रिफर गरेको छ । उनलाई ओसिएमसी सिन्धुलीको सहयोगमा टिचिङ अस्पताल लाने तयारी भएको सिन्धुली अस्पतालले जनाएको छ ।

टिचिङ अस्पतालमा निःशुल्क उपचारको लागि पहल भएको सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रल्हादकुमार पोखरेलले बताए । बिरामीका आफन्तलाई खान बस्न र उपचार खर्च निःशुल्क गरिएको पोखरेलले जानकारी दिए ।

आरोपित रितु सदालाई गिरफ्तार गर्न प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी लोकदर्शन थापाले बताए ।

उनका अनुसार जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा पीडितका आफन्तले कात्तिक १७ गते लिखित उजुरी दिएका छन् ।

बिमला पाण्डे

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Other violent form
Weapons Other
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
National/Online Media

0 Comments