Incident Reports

तलब वृद्धिको माग गर्दै गुठीमा धर्ना

2019-09-15

Province 1, Morang, Jahada, Ward 4

शैलजा आचार्य स्मृति पोलिटेकनिक (कलेज)मा कार्यरक्त प्रशिक्षक र कर्मचारीले श्री कृष्णप्रसाद कोइराला सेवा गुठीको केन्द्रीय कार्यालयमा धर्ना दिएका छन् ।

विगत १० दिनदेखि सेवा र सुविधाको माग गर्दै आन्दोलनमा उत्रिएका प्रशिक्षक र कर्मचारीले आइतबार केन्द्रीय कार्यालयमा धर्ना दिएका हुन् । श्री कृष्णप्रसाद कोईराला सेवा गुठी भवन र सिटिभिटीको संयुक्त साभोदारीमा सञ्चालित शैलजा अचार्य स्मृति पोली टेक्निकलमा कार्यरक्त प्रशिक्षक र कर्मचारीले नेपाल सरकारले तोकेको अनुसार तलब र सुविधाको माग गर्दै आन्दोलनमा उत्रिएका हुन् । मोरङको जाहदा गाउँपालिका ४ स्थित शिशवनीमा सञ्चालित सो टेक्निकलमा कार्यरक्त ७० जना प्रशिक्षक र कर्मचारीले सरकारले तोकेअनुसार सेवासुविधा नपाएको भन्दै भदौ २० गते देखि आन्दोलित भएका छन । पटक-पटक व्यवस्थापन समिति र प्रचार्यलाई सरकारले बढाएको तलब वृद्धि गर्न ध्यानाकर्षण गराए पनि कुनै सुनुवाई नभए पछि आन्दोलनको कार्यक्रम कायमलगायतका माग अघि सारेको छ। कर्मचारीले वृद्धि गरेको तलब र सेवा सुविधाको माग गर्ने थालेपछि हालसम्म चालु वर्षको नियुक्ति पत्र समेत दिएको छैन । तर सेवा गुठीले भने सरकारले निर्धारण गरेको तलब दिने गरेको बताउँदै आएको छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 70
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
Local Newspaper - Bara , Local Newspaper - Morang

0 Comments

Related Trend Analysis