Incident Reports

एमाओवादी र एमालेका कार्यकर्तावीच झडप सात जना घाइते l

2013-11-18

Gandaki, Kaski, Pokhara Lekhnath

San Bahadur Thapa कास्की । ०७० मङ्सिर ३ गते, एमाओवादी र एमालेका कार्यकर्ता बीच निर्मलपोखरी गाविसमा मङ्सिर २ गते राति १० बजे झडप हुदा सात जना एमालेका कार्यकर्ता घाइते भएका छन् । निर्मलपोखरी गाविस-८ स्थित जनजागृति निमावि मतदानस्थल नजिकै टासिएको तुल व्यानर र पोष्टर हटाउने क्रममा विवाद भएपछि झडप भएको हो । झडपमा परी एमाले कार्यकर्ताहरू कृष्तिनाच्नेचौर गाविस-२ का २२ वर्षीय राम गुरुङ, सोही ठाउका २१ वर्षीय नवीन सुवेदी, २५ वर्षीय सुमन सुवेदी, बासुदेव सुवेदी, सोही गाविस-४ का २५ वर्षीय सुमन गुरुङ, २५ वर्षीय नरेश थापा, २७ वर्षीय कमल गुरुङ घाईते भएका छन् । उनीहरूमध्ये राम गुरुङ र नरेश थापाको पोखराको मेट्रोसिटी अस्पतालमा उपचार भएको छ भने अन्यको स्थानीय मेडिकलमा उपचार भयो । झडपको क्रममा ग८प ३३०६ र ग३ प ४९ टन नम्बरको मोटरसाईकल र एउटा मोवाईल समेत माओवादी कार्यकर्ताले तोडफोड गरेको पीडित बासुदेव सुवेदीले बताए । नेकपा एमाले कृष्ति गाउँ कमिटी सचिव दीपक सुवेदीले कृस्तिका दुई जनालाई पोखराबाट गएको एमाओवादीका कार्यकर्ता चढेर गएको जीपले जबरजस्ती निर्मलपोखरीतर्फलिएर गएपछि खोजतलास गर्दै जादा एमाओवादीका कार्यकर्ताले एक्कासी ढुङ्गा, घोचा, लाठीले प्रहार गरी घाइते बनाएको बताए । एमाओवादी क्षेत्र नम्बर ३ का उम्मेदवार रामजी बरालले एमालेका कार्यकर्ताले मतदानस्थल नजिकै एमालेका उम्मेदवार रवीन्द अधिकारीको व्यानर टासेपछि एमाओवादीका कार्यकर्ताले आचारसंहिता विपरीत भयो भनेर आपत्ति जनाएपछि एमालेका कार्यकर्ताले हातपात गरेको र झडपको स्थिति सिर्जना भएको बताए । घटना भएपछि मङ्सिर २ गते राति नै वडा प्रहरी कार्यालयका इन्स्पेक्टर झविन्द भट्टराई घटनास्थल पुगी स्थितिलाई नियन्त्रण लिएको र अहिले सामान्य अवस्था रहेको बताए । यसैबीच, घटनास्थलको इन्सेक, राष्ट्रिय मानवअधिकार आयोग र नियोकले अनुगमन गरेको थियो । सनबहादुर थापा

0 Comments

Related Reports