Incident Reports

कांग्रेसको विरोध

2019-07-05

नेपाली कांग्रेस, बाँके प्रहरी ज्यादतीको विरोधमा आन्दोलित भएको छ ।

प्रहरीले निर्दोष सर्वसाधारणलाई जबर्जस्ती हिरासतमा लिइ ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा चलाउन खोजिएको भन्दै कांग्रेस, बाँकेले जिल्ला प्रशासन कार्यालय, बाँकेमा शुक्रबार धर्ना दिएको छ। बाँके प्रहरीले डुडुवा घटनाबारे तथ्य लुकाउँदै राजनीतिक दबाबका आधारमा अनावश्यक दुःख दिन खोज्नु निन्दनीय भएको भन्दै बिहान १ घण्टा धर्ना दिएर कांग्रेसले विरोध जनाएको हो।

डुडुवा गाउँपालिका वडा-५ मा असार १२ गते राति भएको घटनामा वडा-४ अध्यक्ष सगीर खाँले समूह लिएर गइ रामकुमार यादवको घरमा ढुंगामुढा गर्नुका साथै घरमा रहे का रामकुमारकी श्रीमती भक्खनिया यादव र छोरा दिनेश यादवलाई घाइते बनाएकोमा उल्टो आफू घाइते भएको भन्दै उजूरी दिएका छन्।

स्वयं सगीर खाँलेको टाउकोमा सामान्य चोट लागेकोमा निजलाई थप उपचारका निहँमा भारततिर पठाएर सम्पर्कविहीन बनाइएको छ। उक्त घटनामा स्थलगत तथ्य जाँच गरि सत्यतथ्यका आधारमा मात्र दोषी खुट्टयाएर कारबाही प्रक्रियामा जान कांग्रेस बाँकेले आग्रह गरेकोमा जिल्ला प्रहरीका एसपी बीरबहादुर वलीबाट चासो नलिइ आफ्नै ढंगले जान खोजिएकोप्रति कांग्रेसको आपत्ति रहेको बाँके सभापति किरण कोइरालाले बताउनुभयो।

जिल्लामा प्रहरीले शान्तिसुरक्षा कायम गर्न आफ्नो दायित्व जिम्मेवार ढंगले निर्वाह गर्नु पर्ने हुन्छ,-'सभापति कोइरालाले भन्नुभयो,-'तर बाँकेको डुडुवा घटनामा जुन ढंगबाट प्रहरीले एकतर्फी कारबाही प्रक्रिया अघि बढाएको छ, यसबाट प्रहरीको निष्पक्षतामाथि औला उठाउने ठाउँ दिएको छ।

डुडुवा घटनामा प्रहरीले डुडुवा गाउँपालिकाका उपप्रमुखका श्रीमान् सहित ५ जना स्थानीय कांग्रेस नेताविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा चलाउने प्रक्रियामा रहेको छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Strike/Bandh
Primary Cause Other governance issues
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Banke

0 Comments