Incident Reports

खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा पति गिरफ्तार

2019-11-05

Province 1, Bhojpur, Bhojpur, Ward 4

भोजपुर नगरपालिका–४ की ७३ वर्षीया कुमारी दर्जीलाई खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले ७५ वर्षीय पति शरणबहादुर दर्जीलाई कात्तिक २० गते गिरफ्तार गरेको छ ।

विवादका क्रममा पीडितलाई आरोपितले कात्तिक १९ गते खुकरी प्रहार गरी घाइते बनाएको जानकारी स्थानीयले दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर पाण्डवकुमार राजवंशीले बताए ।

घाइतेको उपचारका लागि कात्तिक १९ गते जिल्ला अस्पतालमा लगेपनि यहाँ उपचार सम्भव नभएपछि नोवेल अस्पताल विराटनगरमा लगी कात्तिक २० गतेदेखि उपचार भइरहेको छ ।

गणेश विष्ट

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments