Incident Reports

सडक छेउमा फेला परेको बम नेपाली सेनाद्वारा निष्क्रिय l

2013-11-18

Lumbini, Bardiya, Rajapur

Man Bahadur Chaudhari बर्दिया । ०७० मङ्सिर ३ गते, जिल्लाको छुट्टा छुट्टै स्थानका बेवारिसे अवस्थामा फेला परेका बम नेपाली सेनाले मङ्सिर ३ गते निष्क्रिय गरको छ । क्षेत्र नम्बर २ को धधवार गाविस-६ बनगाई ग्याङ्ग नदी नजिक महेन्द्रराजमार्गमा फेला परेको कुकर बम र मानपुरटपरा गाविस-२ भोगपुरमा स्टिलको मगमा घडी फिट गरिएको जस्तो देखिने शंकास्पद बस्तु नेपाली सेनाले निष्क्रिय पारेको हो । बम कसले किन राखेको भन्ने खुलेको छैन । निर्वाचनको बहिष्कार गरीरहेको मध्ये प्रमुख दल नेकपा-माओवादीका जिल्ला इन्चार्ज द्रव्य शाहले बम राख्नमा आफ्नो पार्टीको सङ्लग्नता नरहेको दावी गर्दै आएका छन् । प्रहरीले घटनाको अनुसन्धान भईरहेको जनाएको छ । मानबहादुर चौधरी

0 Comments

Related Reports
Related Trend Analysis