Incident Reports

जिल्ला निर्वाचन कार्यालय नजिक भेटिएको बम निष्क्रिय l

2013-11-18

Madhes, Saptari, Rajbiraj

Manohar Kumar Pokharel सप्तरी । ०७० मङसिर ३ गते, राजविराज नपा-५ स्थित जिल्ला निर्वाचन कार्यालय नजिक र राजविराज नपा-१ स्थित पश्चिम बस स्टैण्डमा फेला परेको दुई ओटा बम मङ्सिर ३ गते नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ । जिल्ला निर्वाचन कार्यालय नजिक फेला परेको बम धान खेतमा र बस स्टैण्डमा फेला परेको बम राजविराज रंगशालाको खेल मैदानमा राजविराजको श्री कृष्ण दल गणको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ । सडकमा हिडने सर्वसाधारणहरूले शंकास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । संविधानसभाको निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले चुनाव विरोधीहरूले बम राखेको हुन सक्ने भन्दै एस पी दिनेश अमात्यले बम राख्नेको खोजी भइरहेको बताए । मनोहरकुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis