Incident Reports

छोराद्वारा ८० वर्षीया बृद्धा आमा घरनिकाला, न्यायिक समितिले फर्काउने पहल थालेन

2019-11-06

Lumbini, Bardiya, Badhaiyatal

बढैयाताल गाउँपालिका–६ मैनापोखरकी ८० वर्षीया वृद्धा लक्ष्मीदेवी ठकुरीलाई ५० वर्षीय छोरा राजु हमालले कात्तिक २० गते घरबाट निकालेको पीडितले आरोप लगाएकी छन् ।

राजुले वृद्ध आमालाई खानलाउन नदिई उनको सामान लत्ता कपडा घरबाट बाहिर फालिदिएर घरबाट निकालेको बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष दिपाकुमारी गौतमले बताइन्  ।

पीडित लक्ष्मीदेवीले छोराले खानलाउन नदिने गरेको र बिरामी हुँदा उपचार पनि नगरेको आरोप लगाएकी छन् ।

धेरै पहिलेदेखि कोठामा बस्न नदिएपछि घरको पालीमा खुल्ला ठाउँलाई पुरानो कपडाले बारेर चिसोमा बस्दै आएकी थिइन् ।

छोरा राजु हमालले भने आमाले भने जस्तो अवस्था नभएको र बाहिर गएर कुरा लगाउने मान्छे जम्मा गर्ने कार्यले दिक्क भएर रिस उठेर सामान कपडा फालिदिएको बताए ।

छोराले घरबाट निकाली दिएपछि बृद्धा घरकै पालीमा चिसो ठाउँमा बस्दै आएकी छन् । ‘अन्त जाने ठाउँ छैन । यही चिसोमा बसेको छु ।’–उनले भनिन् ।

उनलाई छोराले घरबाट निकालेको खबर सुनेपछि घटनास्थल गएर बुझ्दा महिला उक्त घरमा बस्ने अवस्था नभएको बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायिक समितिकी संयोजक दिपाकुमारी गौतमले बताइन् ।

उपाध्यक्ष गौतमले महिलालाई सुरक्षित बृद्धा आश्रममा आश्रय दिनको लागि छलफल भइरहेको बताइन् । उनलाई घरैमा राख्ने वातावरण मिलाउनुको साटो आश्रममा पठाउन खोजेको भन्दै गाउँपालिकाको आलोचना हुन थालेको छ ।

मानबहादुर चौधरी

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Banishment/shunning
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
INSEC

0 Comments