Incident Reports

मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार

2019-11-08

Lumbini, Nawalparasi West, Pratappur, Ward 9

४४, ३८ र २४ वर्षीया तीन जना महिलालाई बेचबिखन गर्न लैजाँदै गरेको आरोपमा प्रहरीले प्रतापुर गाउँपालिका–९का ६४ वर्षीय रजाक मियाँलाई कात्तिक २० गते गिरफ्तार गरेको छ ।

पीडित महिलाहरूलाई आरोपितले भारततर्फ लैजाँदै गर्दा प्रतापुर गाँउपालिका–५ स्थित सिमामा बसैया प्रहरी चौकीले गिरफ्तार गरेको हो ।

प्रहरीले पीडित महिलाहरूलाई कात्तिक २१ गते आफन्तको जिम्मा लगाएको र आरोपित उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दा चलाएर अनुसन्धान भइरहेको इन्स्पेक्टर प्रकाश श्रिमलले बताए ।

नारायण पराजुली

0 Comments