Incident Reports

नेकपा-माओवादीका जिल्ला सेक्रेटरीसहित दुई गिरफ्तार l

2013-11-18

Lumbini, Bardiya, Barbardiya

Man Bahadur Chaudhari बर्दिया । ०७० मङ्सिर ३ गते, संविधानसभा सदस्य निर्वाचनको बहिष्कार गर्दै आएको नेकपा-माओवादी बर्दियाका सेक्रेटरीसहित दुईजनालाई प्रहरीले मङ्सिर ३ गते गिरफ्तार गरेको छ । इलाका प्रहरी कार्यालय पाताभारका इन्सपेक्टर श्याम प्रसाद सेनका अनुसार पाताभार गाविस-९ सन्कट्टीघाटबाट नेकपा-माओवादीका जिल्ला सेक्रेटरी अशोक भनिने वेदराम चौधरी र जिल्ला सदस्य हिराबहादुर पुनलाई प्रहरीले गिरफ्तार गरेको हो । निर्वाचन विरोधी गतिविधि गरिरहेको अवस्थामा उनीहरूलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय पाताभारका इन्स्पेक्टर सेनले बताए । स्थानीयबासीलाई जम्मा गरेर निर्वाचन विरोधी कार्यक्रम गरिरहेको अवस्थामा गिरफ्तार गरिएको प्रहरीले जनायो । आफ्ना कार्यकर्ता गिरफ्तार भएको विषयमा नेकपा-माओवादी बर्दियाले भत्सर्ना गरेकेा छ । नेकपा-माओवादीका जिल्ला इन्चार्ज द्रब्य शाह 'सुमनले' शान्तिपूर्ण आन्दोलनमा रहेका आफ्ना कार्यकर्तालाई प्रहरीले विना आरोप पक्राउ गरेर नागरिकको स्वतन्त्रता माथि ठाडो हस्तक्षेप गरेको बताए । उनले आफ्ना कार्यकर्ताको अविलम्ब रिहाईको माग समेत गरेका छन् । मानबहादुर चौधरी

0 Comments

Related Reports