Incident Reports

युथफोर्सद्वारा काङ्ग्रेस सभापतिमाथि कुटपिट l

2013-11-18

Province 1, Khotang, Halesi Tuwachung

DM Chamling खोटाङ । ०७० मङ्सिर ३ गते, अर्खौले गाविस-२, निवासी नेपाली काङ्ग्रेस अर्खौले गाउँ पार्टीका सभापति ३४ वर्षीय ज्ञानबहादुर पुरीलाई युथफोर्सका कार्यकर्ताले मङ्सिर २ गते राती कुटपिट गरेका छन् । युथफोर्सका जिल्ला संयोजक २६ वर्षीय प्रमोद श्रेष्ठसहित पाँच जनाको समूहले बिना कारण कुटपिट गरेको पीडितले बताएका छन् । घाइते सभापति पुरीको स्थानीय अर्खौले स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । कुटपिटबाट उनको टाउकोमा चोट लागेको छ । राजनैतिक आस्थाको कारणले आफूमाथि आक्रमण भएको पीडितले बताएका छन् । जिल्ला प्रहरी कार्यालय दिक्तेलका इन्सपेक्टर दुर्गाराज रेग्मीले अर्खौले बजारमा काँग्रेस सभापति र युथफोर्सका कार्यकर्ताबीच विवादपछि हातपात भएको बताए । घटनास्थलमा प्रहरी टोली पुगेपछि युथफोर्सका कार्यकर्ताहरू फरार भएको र उनको खोजी भइरहेको इन्सपेक्टर रेग्मीले बताएका छन् । डिएम चाम्लिङ राई

0 Comments

Related Reports