Incident Reports

प्रेमिकाले घाँटी कस्दा ज्यान गयो

2019-11-11

Province 1, Okhaldhunga, Sunkoshi, Ward 7

सिन्धुपाल्चोक — प्रेमिकाको एकछिनको झोँकले ३३ वर्षे युवकको ज्यान गएको छ । बाह्रबिसे नगरपालिका–४ पलातीका जीवनकुमार थापाको घाँटीमा प्रेमिकाले सुरुवालले कस्दा मृत्यु भएको रहस्य बाहिरिएको हो ।

विवाहित थापा र अविवाहित २० वर्षकी प्रतिमा विकबीच डेढ वर्षअघि फेसबुकमार्फत चिनजान भएको थियो । एक हप्तापछि उनीहरूबीच मोबाइल नम्बर साटासाट भयो । पछि खुलेरै घुम्न–रमाउन थाले । थापा लामोसाँघु चरीकोट सडक सुधार आयोजनाको ठेकेदार कम्पनी गौरीपार्वतीको एक्स्काभेटर चालक हुन् । फिल्डमा रहँदा उनी प्रायः स्वाँरातिर हुन्थे । गएको कात्तिक १ गते साँझ पनि उनीहरूबीच भेट भयो । घन्टौं लामोसाँघु–चरीकोट सडक चहारिरहे । रात परेपछि सुनकोसी–७ स्वाँरास्थित जुना कार्कीको टहरामा बास बस्न पुगे । भूकम्पपछि नयाँ घर बनेपछि कार्कीको टहरा खाली थियो । अघिपछि अनुमति लिएर त्यहीँ बस्ने उनीहरू त्यो दिन भने कार्कीलाई नसोधी टहरामा छिरे र मदिरा पिउन थाले । जिस्किरहने थापाले ‘म अब मर्छु’ भन्दै जबर्जस्ती विकको सुरुवाल फुकाले र घाँटीमा बेरे । सुरुवाल कस्दै धम्क्याएजस्तो गरे । सुरुवाल तानेको रिस र मातेकी विकको मन कठोर बन्यो । दुई छोराका बुबासमेत रहेका थापा र विकबीच समाजले अस्वीकार गर्ने विषयलाई लिएर झगडा हुन थाल्यो । ‘ल मर न’ भन्दै विकले झोँकले घाँटीमा बेरिएको सुरुवाल झनै कस्सिदिइन् । ‘ऊ हाँस्दै सुत्यो, म जंगिँदै पल्टिएँ,’ प्रहरीसँगको बयानमा विकले भनेकी छन् । झैझगडाले विकराल रूप लिएपछि आवेशमा सुरुवालले घाँटी कस्दा घटना भएको उनले प्रहरीसमक्ष स्विकारेकी छन् । माथिको घटनाक्रम पनि उनले दिएको बयानका आधारमा प्रहरीबाट प्राप्त भएको हो । १० बजेसम्म वादविवाद गरेर उनीहरू सुतेका थिए । बिहान सबेरै उठेर विकले थापालाई घचघच्याइन् । जत्ति बोलाउँदा पनि नउठेपछि आत्तिँदै उनले कार्कीलाई गुहारिन् । थापाको मृत्यु भएको निश्चित भएपछि घटना लुकाउन दुवैले शवलाई मलखादछेउको बारीमा गाडे । छोपछाप पारेर घरछेउकै जंगलमा गएर लुके । कात्तिक २ गते चालक थापा काममा नआएपछि सँगै कार्यरत साथीहरूले खोजी सुरु गरे । लगत्तै प्रहरीले घटनास्थलमा अनुसन्धान बढाएर थापाको खोजी थाल्यो । ‘३ गते नै बारी उत्खनन गर्दा थापाको शव फेला परेपछि विक र कार्कीलाई पक्राउ गरेका हौं,’ इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले भने, ‘पछिल्लो बयानमा आरोपी विकले सुरुवालले घाँटी कसेको हामीसमक्ष स्विकारेकी छन् ।’ प्रहरीले दुवैमाथि थप अनुसन्धान गरिरहेको जनाएको छ ।  

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Other
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments

Related Reports