Incident Reports

एमाओवादी र काङ्ग्रेस कार्यकर्ता बीच झडप, छ जना घाइते l

2013-11-18

Lumbini, Bardiya, Barbardiya

Man Bahadur Chaudhary बर्दिया । ०७० मङ्सिर ३ गते, गुलरिया नपा-१२ टेपरीमा पोस्टर च्यातेको विषयमा मङ्सिर १ गते राति एमाओवादी र काङ्ग्रेस कार्यकर्ता बीच झडप भएको छ । झडपमा एमाओवादीका चार र काङ्ग्रेसका दुई कार्यकर्ता गरी छ जना घाइते भएका छन् । आक्रमणमा बढि चोट लागेका एमाओवादीका कार्यकर्ता स्थानीय दीलबहादुर सुनारको उपचार जिल्ला अस्पताल गुलरियामा भएको थियो । एमाओवादी राज्य समिति सचिवालय सदस्य आनन्द ढुङ्गानाले मोटरसाइकल र्‍याली सकिएर फर्कने क्रममा आफ्ना कार्यकर्ताहरू माथि काङ्ग्रेस कार्यकर्ताले आक्रमण गरेको दावी गरे । उनले काङ्ग्रेस कार्यकर्ताले पोस्टर र झण्डा च्यातेको कारण आफ्ना कार्यकर्ताले विरोध गरेपछि आक्रमण भएको आरोप लगाए । नेपाली काङग्रेस बर्दियाका जिल्ला कमिटी सचिव तेजबहादुर भाटले एमाओवादी पार्टीका कार्यकर्ताले स्थानीय आफ्ना पार्टीका कार्यकर्ता सेतबहादुर थारुलाई धम्की दिनुको साथै ब्यानर, पोस्टर, झण्डा हटाउने र च्यातन थालेपछि रोक्न खोज्दा विवाद भई झडप भएको बताए । घटनाको विषयमा जिल्ला प्रहरी कार्यालय बर्दियामा घटना नदोहोर्‍याउने दुवै पक्ष बीच मङ्सिर २ गते सहमति भएको नेपाली काङ्ग्रेस बर्दियाका सचिव भाटले जानकारी दिए । घटनास्थल बर्दिया क्षेत्र नम्बर २ मा पर्दछ । मानबहादुर चौधरी

0 Comments

Related Reports