Incident Reports

जीतपुरमा भारतविरुद्ध प्रदर्शन

2019-11-11

Madhes, Bara, Jitpur Simara

लिपुलेक, कालापानीलगायत नेपाली भूभागलाई भारतले आप्mनो नक्शामा पारेको विरोधमा युवा सङ्घर्ष समिति जीतपुरले विरोध जुलुस प्रदर्शन गरेको छ।

‘हाम्रो सीमा हाम्रो देश प्राणभन्दा प्यारो छ’ नारासहित भएको विरोध प्रदर्शनमा युवा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता थियो। जीतपुर तरकारी बजारबाट शुरू भएको विरोध ¥याली टेडा चोक परिक्रमा गरी जीतपुर मेनरोडमा आएर कोणसभामा परिणत भएको थियो।

सभामा नारी शक्ति विकास मञ्चकी अध्यक्ष आशा दाहालले भारतले सार्वजनिक गरेको नक्शामा नेपाली भूमि अतिक्रमण भएकोले तत्काल उक्त नक्शा सच्चाउन माग गरिन्। सरकारले कूटनीतिकरूपमा समस्याको समाधान गर्नुपर्ने उनले जोड दिइन्। युवा सङ्घर्ष समिति जीतपुरका संयोजक मनोजकुमार साहको अगुवाइमा प्रदर्शन भएको होे। जुलुसमा महिला अगुवा गङ्गा काप्mले, शीतल आचार्य, सीता उप्रेती, दुर्गा रिजाल, देवी साकोटा, छैटेलाल चौधरी, रवीन्द्र सहनीलगायत सहभागी थिए।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth unknown
National/Online Media

0 Comments