Incident Reports

भारतको विरोधमा विद्यार्थी सडकमा

2019-11-12

भक्तपुर – भारतले हालै जारी गरेको राजनीतिक नक्सामा नेपालको भूमि राखिएको विरोधमा भक्तपुरको एउटा स्कुलका स–साना विद्यार्थीले मंगलबार प्रदर्शन गरेका छन्। भक्तपुरको देकोचास्थित जेन्युइन सेकेन्डरी स्कुलका कक्षा ४ देखिका स–साना विद्यार्थीले भक्तपुरमा प्रदर्शन गरेका हुन्।

स्कुले पोशाकमा आएका कक्षा ४ देखि १० सम्मका विद्यार्थीले विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका थिए। कतिपय विद्यार्थीले नेपालको झण्डा बोकेका थिए त कतिपयले प्लेकार्ड। विद्यार्थीले अंग्रेजीमा ‘गो ब्याक इण्डिया’, ‘ब्याक अफ इण्डिया’, ‘कालापानी हाम्रो हो, सीमा मिच्न पाइँदैन’, ‘बेइमानी नक्सा हुँदैन, नेपाल छुन पाइँदैन’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए। कोहीले भने नेपालको नक्साको नमुना बोकेका थिए।

उनीहरूले चर्को आवाजमा नारा लगाएका थिए। स्कुल प्रांगण देकोचाबाट निस्केको जुलुश कमलविनायक हुँदै भक्तपुरको पूर्वी नाकामा रहेको च्याम्हासिंहसम्म पुगेको थियो।

भक्तपुरको सूर्यमढीबाट बिहानदेखि सुरु भएको ¥याली साँझ मात्रै सकिएको थियो। ¥याली च्याम्हासिंहबाट सूर्यमढी, दतात्रय, इनाचो, गोल्मढी, सुकुलढोका, टौमढी पुगेको थियो। त्यहाँबाट पुनः गहिटी, बंशगोपाल, भावार्चा हुँ्दै दूधपाटीसम्म पुगेको थियो। विद्यार्थीलाई सिमानाको बारेमा जानकारी दिन विरोध ¥याली निकालेको विद्यालयले जनाएको छ।

‘विद्यार्थीलाई देशको सिमानाबारेमा जानकारी दिनु आवश्यक छ, त्यसकारण हामीले कक्षा ८ देखिकै पाठ्यपुस्तकमा सिमाना बारेमा अध्यापन गराउनुपर्छ,’ विद्यालयका प्रिन्सिपल योगेन्द्रमान बिजुक्छेंले भने, ‘यो विषयबारे जानकारी दिन ¥याली आयोजना गरेका हौं।’

¥यालीमा कक्षा ४ देखि १० सम्मका विद्यार्थी सहभागी भएको विद्यालयले जनाएको छ। ¥यालीमा विद्यालयका प्रिन्सिपल विजुक्छेंसहित शिक्षक पनि सहभागी थिए।

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments