Incident Reports

यौनजन्य कार्यमा लगाएको घटनाका आरोपित गिरफ्तार

2019-11-14

Province 1, Morang, Biratnagar, Ward 15

२५ वर्षीया भारतीय महिलालाई नेपाल ल्याई यौनजन्य कार्यमा संलग्न गराएको आरोपमा प्रहरीले ४५वर्षीय भारतीय नागरिक मोहम्मद रियाजलाई कात्तिक २७ गते गिरफ्तार गरेको छ ।

विराटनगर रानीस्थित होटलबाट रियाजलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ । विराटनगर महानगरपालिका–१५ रानीमा सञ्चालित एक होटलका कामदारका रूपमा रहेका आरोपितले नेपाली र भारतीय महिलालाई ग्राहक खोजीदिने र यौन कार्यमा संलग्न गराउने गरेको आरोपमा गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय डिएसपी घनश्याम श्रेष्ठले बताए ।

डिएसपी श्रेष्ठले आरोपितले कल गर्लका रूपमा बालिका, महिला र युवतीहरूलाई ग्राहक खोजीदिने गरेका थिए ।

सादा पोशाकमा प्रहरी ग्राहक बनेर गएपछि महिला र आरोपितलार्ई होटलबाटै गिरफ्तार गरेको डिएसपी श्रेष्ठले बताए ।

आरोपितमाथि मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ बमोजिम अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

इन्दिरा भट्टराई

0 Comments