Incident Reports

सुधार गृहमा युवकको हत्या भएको दाबी l

2013-12-04

Lumbini, Rupandehi, Tillotama

Amrit Giri केरवानी गाविस-८ सिंघा भन्ने स्थानमा रहेको देबदह फेलोसिप फाउण्डे्सन नामको सुधार गृहमा राखिएका युवकको सोही संस्थाका कर्मचारीको कुटाईबाट मङ्सिर १९ गते मृत्यु भएको पीडित पक्षले दाबी गरेको छ । सुधार गृहमा राखिएका करहिया गाविस-८ का २३ वर्षीय एकराज शर्मा पौडेलको मङ्सिर १९ गते बिहान सो संस्थाका कर्मचारी रिह्याब इन्चार्ज सन्दीप श्रेष्ठको कुटाईका कारण ज्यान गएको पीडितका परिवारले आरोप लगाएको दाबी छ । सुधार गृहमा राखिएका पौडेललाई इन्चार्ज श्रेष्ठले कोठामा थुनेर डोरीले हात खुट्टा बाँधेर भाटा (दाउरा) ले प्रहार गरेका कारण मृत्यु भएको सोही केन्द्रमा उपचाररत युवाहरूले बताएका छन् । बाहिर पिटे गाउँलेले देख्छन् भनेर कोठामा थुनेर डोरीले हात खुट्टा बाँधेर सन्दिप सरले भाटाले धेरैबेर कुटेका हुन्'-त्यहाँ उपचाररत एक युवाले नाम उल्लेख नगर्न आग्रह गर्दै भने । श्रेष्ठले सुधारका नाममा दिनहुँ कुटपिट गर्ने गरेको युवाहरूको गुनासो छ । अत्यधिक कुटाई सहन नसकेपछि उनी त्यही रहेको पोखरीमा पटक/पटक हाम्फालेर बच्ने प्रयास गरेको तर समाएर फेरि कुटेको अर्का युवाले बताए । कुटाईका कारण पेट दुखेको भनेका र बेहोस भएका पौडेलको बिहान १० नबज्दै मृत्यु भएको बताइएको छ । कुटपिटबाट बेहोस भएका पौडेललाई फाउण्डेसनका सञ्चालक अमृत अर्यालले देवदह मेडिकल कलेज पुर्‍याएका थिए । तर, त्यहाँ डाक्टरले पहिले नै मृत्यु भइसकेको भन्दै मृत घोषित गरिदिएका थिए । उपचार गराउन लगेकाहरू चिकित्सकले मृत्यु भइसकेको भनिदिएपछि शव छोडेर केही समय भागेका थिए । पछि स्थानीय र प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएका थिए । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक राजकुमार बैदवारले आरोपीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको बताए । अमृत गिरी

0 Comments

Related Reports
Related Trend Analysis