Incident Reports

विप्लवका दुई विद्यार्थी नेता पक्राउ, निसर्त रिहाइको माग

2019-09-09

Sudurpashchim, Baitadi, Dogadakedar, Ward 6

प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेकपा समूहको विद्यार्थी संगठनका २ जनालाई बैतडीवाट पक्राउ गरिएको छ । नेकपा समूहको विद्यार्थी संगठन अखिल क्रान्तीकारीका दार्चुला जिल्ला संयोजक ध्वनी धामी र खगराज नेपाली रहेका छन्।

दुबैजनालाई प्रहरीले बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं ६ धौलिदंगास्थित लटिनाथ आधारभुत विद्यालयवाट नियन्त्रणमा लिएको हो। उक्त विद्यालयमा आफ्नो संगठन विस्तार गरिरहेका बेला उनीहरुलाई पक्राउ गरिएको बैतडीका प्रहरी प्रवक्ता किसन चन्दले जानकारी दिनुभयो । पक्राउ गरेका दवैजनामाथि बैतडी जिल्ला अदालतवाट अभद्र व्यवहारको मुद्धा चलाई अनुसन्धानको लागी १० दिनको म्याद थप गरिएको उहाँले बताउनुभयो।

यसका साथै पक्राउ परेका दुईजनासंगै अन्य सात जनालाई पनि नियन्त्रणमा लिइएको भएपनि उनीहरु बालबालिका रहेकोले आफन्तको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

यसैबिच पक्राउ परेका आफ्ना विद्यार्थी नेतालाई झुठो मुद्दामा फसाउन खाजेको भन्दै अखिल क्रान्तिकारी सेतिमहाकाली क्षेत्रीय समन्वय समितिका संयोजक विरेन्द्र शाहले सोमवार एक विज्ञप्ती जारी गर्दै विनासर्त ससम्मान रिहाइ नगरे निर्मम संघर्ष गर्ने जनाईएको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 2
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Kanchanpur , Local Newspaper - Kailali

0 Comments