Incident Reports

सरकार बिरुद्ध काँग्रेसको प्रदर्शन

2019-09-24

Lumbini, Rupandehi, Siddharthanagar

नेपाली काँग्रेसले सञ्चालन गरेको दोस्रो चरणको राष्ट्रिय जागरण समापनमा सरकारका नराम्रा कामका बिरुद्ध बिरोध प्रदर्शन गरेको छ । नेपाली काँग्रेसले दोस्रो चरणको जागरण अभियान सभापनका अवसरमा हरेक जिल्लाका सदरमुकाममा सरकार  बिरुद्ध प्रदर्शन गरेको छ। नेपाली काँग्रेस रुपन्देहीले पनि हवामा सरकार बिरुद्ध प्रदर्शन गरेको छ।

भैरहवाको बुद्धचोकबाट सुरु भएको प्रदर्शन लनचोकमा पुगेर बिरोध सभामा परिणत भएको थियो । बिरोध सभामा नेपाली काँग्रेसकी केन्द्रीय सदस्य तथा पूर्व राज्य मन्त्री -सीता गुरुडले सरकार मात्र नभएर राष्ट्रपति बिद्यादेवी भण्डारीले समेत संवैधानिक दायरा नाघेर काँग्रेस सभापति शेरबहादुर देउवा बिरुद्ध बोलेको भन्दै राष्ट्रपतिलाई संवैधानिक दायरामा बस्नु सुझाव दिनुभयो ।

उहाँले राष्ट्रपतिलाई पार्टी सभापति देउवाको ईतिहास पढ्न समेत सुझाव दिनुभयो। केन्द्रीय सदस्य गुरुडले संविधानको रक्षाका लागि लाग्न पनि पार्टी कार्यकर्तालाई आग्रह गर्नुभयो । नेपाली काँग्रेसको नेतृत्वमा बनेको संविधान कार्यान्वयन गर्ने दायित्व पनि नेपाली काँग्रेसको भएको बताउँदै उहाँले जनतालाई ललिपप देखाएर सत्तामा गएको कम्युनिष्ट सरकारबाट बिकास समृद्धि हुनेमा दुई वर्षको अवधिमै जनताले आशा मारिसकेको दावी गर्नुभयो।

सरकारले संविधान विपरित हुने गरी कार्यपालिका र न्यायपालिकालाई आफ्नो मातहतमा राख्ने काम गरेको भन्दै उहाँले लोकतान्त्रिक मुल्य मान्यता विपरित हुने गतिविधि नेपाली काँग्रेसलाई मान्य नहुने बताउनुभयो।

बिरोध सभामा नेपाली कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले सरकारले राष्ट्रियतामा आँच आउने काम गरेको र महंगी, भष्टाचार, अनियमितता, महिला हिंसा, बिकृति बिसंगतीमा सरकार रमाएको बताउँदै त्यसका विरुद्ध जनतालाई सचेत गराउनकालागि बिरोधको कार्यक्रम गरिएको बताउनु भयो।

१५ दिनसम्म सञ्चालन भएको राष्ट्रिय जागरण सभापन सहितको उक्त बिरोध प्रदर्शनमा रुपन्देही जिल्लाका १० वटै प्रदेश निर्वाचन क्षेत्रमा खटिएका केन्द्रीय प्रतिनीधि, पार्टीका नेता कार्यकर्ता, सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको सो पार्टीले जनाएको छ। काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणको सञ्चालनमा भएको कार्यक्रममा अर्का सचिव हरि काफ्लेले स्वागत गर्नुभएको थियो।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Rupandehi

0 Comments