Incident Reports

अछाममा गाँउपालिकाका अध्यक्षलाई लक्षित गरी गोली प्रहार

2019-09-15

Sudurpashchim, Achham, Ramaroshan

अछाममा रामारोशन गाँउपालिकाका अध्यक्षलाई लक्षित गरी गोली प्रहार गरिएको छ।

रामारोशन गाउँपालिकाका अध्यक्ष झँकर साउँदलाई लक्षित गरि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । मुजाबगरमा रहेको गाँउपालिकाको कार्यालय संगै जोडिएको निवासमा रहेका साउँदलाई लक्षित गरी साझ गोलि प्रहार भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख जनक शाहीले बताए ।

अध्यक्ष साउँदलाई प्रहार गरिएको पेस्तोलको गोली कोठाको कार्पेटमा लागेको थियो। 

गोली प्रहार गर्ने व्यक्ती भने भागेका प्रहरीले जनाएको छ । उनीहरु कैलाश खोलामा हाम फालेको प्रहरीको भनाई छ। 

उनीहरुको खोजीका लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख शाहीले बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Small arms
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
Local Newspaper - Kanchanpur , Local Newspaper - Kailali

0 Comments

Related Reports