Incident Reports

'गैर कानूनी चाइनिजहरु आफ्नाे भूमिमा फिर्ता जाउ' भन्दै प्रदर्शन

2019-11-13

Bagmati, Kathmandu, Kathmandu

 पछिल्लाे समय नेपालमा मित्र राष्ट्र चीनका नागरिकहरुकाे गैर कानूनी गतिविधि बढेकाे छ। त्यसकाे साथै उत्तर तर्फकाे चार जिल्लामा चीनले नेपाली भूमि हड्पेकाे सरकारी प्रतिवेदनले खुलासा गरेकाे छ।

चीन तथा चिनियाँ नागरिकहरुकाे विरुद्दमा स्वतन्त्र नागरिक समाजले प्रदर्शन गरेकाे छ। समाजले र्‍याली निकाल्दै चीनकाे गैरकानूनी रवैयप्रति अापत्ति जनाउँदै प्रदर्शन गरेकाे हाे।


काठमाडाैंकाे ठमेलमा समाजले निकालेकाे र्‍यालीमा सयाैंकाे स‍ंख्यामा स्वतन्त्र रुपमा युवाहरु सहभागी रहेका थिए। उनीहरुले र्‍याली निकाल्दै गैर कानूनी चिनियाँ नागरिकहरु नेपालबाट आफ्नाे भूमिमा जाउ भन्दै चीनविरुद्द चर्काे नारा लगाएका थिए।

उनीहरुले चिनियाँ नागरिकहरु नेपालमा आएर बेश्यावृत्ती लगायत मनाव बेचविखनकाे गतिविधि गर्ने, बैंक लुट्ने, नेपाली व्यापारी ठग्ने र नक्कली सामान बनाउने भन्दै चिनियाँ नागरिकहरु नेपालबाट आफ्नाे भूमिमा जाउकाे नारा लगाएका थिए।

त्यस्तै स्वतन्त्र राष्ट्रवादी युवाहरुकाे समूहले कपिलबस्तुमा सार्वभाैम नेपालकाे उत्तखण्डमा चीनकाे अतिक्रमण भएकाे विरुद्दमा चिनियाँ राष्ट्रपति सी चिङ पिङको पुत्ला दहन गरेका छन्।

उत्तरी छिमेकी चीनले नेपाली भूमि जग्गा कब्जा गरेको आलोचना गरेकोमा नेपालीहरू विभाजित भएका छन्। अरु धेरै सोशल मिडिया प्रयोगकर्ताहरूले सांखुवासभा, रसुवा, सिन्धुपाल्चोक, हुम्ला लगायतका ४ जिल्लाहरुमा ३६ हेक्टर नेपाली जग्गा अतिक्रमण गरेकोमा चीनको चर्काे आलोचना गरेका छन्।त्यस्तै अधिका‌ंश जिल्लामा नेपाली जनता ‘गो ब्याक चाइना’ लेखेको प्लेकार्ड समेत बोकेर चीनको विरोध गरिरहेका छन्।

केही दिनअघि पनि कपिलवस्तु, सर्लाही, राजविराज र बर्दियामा स्वतन्त्र राष्ट्रवादी युवाहरुकाे समूहले चिनियाँ राष्ट्रपति सी चिङ पिङको पुत्ला दहन गरेका थिए।

त्यस्तै असन्तुष्ट केही राजनीतिक दलहरुले पनि केही दिनअघि सार्वजनिक रुपमै चिनियाँ अतिक्रमणको विरोध गरेको थिए। सन् २०१५ मा नेपालको स्वीकृति बिना लिम्पयाधुरामा चीनले व्यापार मार्ग खोल्न भारतसँग सहमति जनाएको थियो। ३६ हेक्टर भूभाग मिचेको विरोेधमा नेपाली जनाता आक्रोशित भएका छन्।

साेही क्रममा संसदीय समितिको बैठकमा याे विषयले प्रवेश पाएकाे छ। नेपाली कांग्रेसका दुई सांसदले उत्तरी सीमा (चीनतर्फ) मिचिएकोबारे प्रश्न गरेपछि स‌ंसदीय समितिमा याे विषयले प्रवेश पाएकाे हाे।

प्रतिनिधि सभाअन्तर्गत राज्य व्यवस्था समितिको गत सोमवार बसेको बैठकमा नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंह र देवेन्द्रराज कंडेलले उत्तरी सीमा (चीनतर्फ) मिचिएकोबारे प्रश्न गरेका थिए।

सांसद सिंहले उत्तरी सीमा मिचिएको बारेपनि बोल्नु पर्ने बताए । ‘कोराला नाकाको गेटको साँचो चीनले खोल्छ, नेपालसँग किन छैन ? उत्तरतर्फ ११ ठाउँमा सीमा मिचिएकोबारे किन नबोल्ने ?’ सांसद सिंहले प्रश्न गरेका थिए ।

त्यस्तै नेपाली कांग्रेसकै देवेन्द्रराज कंडेलले दोलखाको ७० नम्बरको पिल्लरलगायत उत्तरतर्फ पनि केही विवाद रहेको भन्दै समाधान गर्नुपर्ने बताएका थिए।

कृषि मन्त्रालय अन्तर्गतको नापी शाखाले गरेको अध्ययन अनुसार नेपाली जमिन चीनले मिचेको जनाइएकाे छ। नेपालको उत्तरी सीमामा देखिएका केही अप्ठ्याराहरू शीर्षक दिएर तयार गरिएको प्रतिवेदनमा ३६ हेक्टर भूभाग मिचेको उल्लेख छ।

प्रतिवेदनमा भनिएको छ,’चीनले नेपाल-चीन सीमासँगै जोडिएको तिब्बतमा विकास निर्माणको क्रमलाई यही गतिमा बढाउने हो भने नेपालले हजारौं हेक्टर जमिन गुमाउनसक्ने सम्भावना अत्याधिक छ।’

नेपाल चीन सीमानामा नेपाल तिर नदिको वहावले ठूला ठूला मैदान बनाइरहेको र ती मैदानहरू नदीले चीनतिर पारिदिएका र त्यही अनुसार चीनले उक्त जमिन आफ्नो भन्दै सीमाना सारेको अध्ययन टोलीको निष्कर्ष छ।

यस्ता गतिविधिले चीन र नेपालकाे सम्बन्धमा नराम्राे असर पर्ने स‌ंकेत देखाएकाे छ। त्यसकाे लागि सरकारले तत्काल कुनै कदम चाल्न आवश्यक देखिएकाे विज्ञहरु बताउँछन्। उनीहरुका अनुसार नत्र यी २ देशबीचकाे सम्बन्धमा दरार नआउला भन्न सकिन्न।




Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations CSO/NGO
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments