Incident Reports

मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार

2019-11-15

दुई वर्षको छोरा सहित २२ वर्षीया महिलालाई बेचबिखन गरेको आरोपमा प्रहरीले भेरीगङ्गा नपा–९ का १८ वर्षीय दिनेश खड्कालाई कात्तिक २७ गते गिरफ्तार गरेको छ ।

सल्यानकी महिलालाई दुई वर्षीय छोरा सहित भारतमा लगेर बेचेको आरोपमा पीडितका पतिले कात्तिक २४ गते जिल्ला प्रहरी कार्यालय, सल्यानमा उजुरी दिएका थिए ।

पति वैदेशिक रोजगारीमा रहेको समयमा गत असार २५ गतेदेखि पीडित बेपत्ता भएकोमा पति फर्किएपछि आरोपितविरूद्ध उजुरी दिएको र उजुरीका आधारमा आरोपितलाई घरबाटै गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

पीडितको अवस्था हाल अज्ञात रहेकोमा खोजी गरिरहेको र घटनाकी अर्की आरोपित जाजरकोटकै ३० वर्षीया रमिता बस्नेत फरार रहेकोमा उनको पनि खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय, सल्यानका डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।

मिना बुढाथोकी

0 Comments